बाँकेमा तीन वर्षीय बालक तलाउमा मृत भेटिए

सदरलाइन संवाददाता १८ पुष २०७८, आईतवार १३:४२
 

नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरका तीन वर्षीय बालक तलाउमा मृत अवस्थामा फेला परेका छन् ।

पुष १३ गते अपरान्ह खेल्दा खेल्दै हराएका निशार मोहम्मद शेषका तीन वर्षीय छोरा अक्सत शनिवार राती तलाउमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्तिले जानकारी दिए । ५० मिटर फरकमा दुईवटा तलाउ छन् ।


तलाउमा डुवेको आंशकामा प्रहरीले पम्पिङसेटबाट पानी सुकाएर खोजतलाश गर्दा राती ९ बजेतिर बालक मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक घर्तिले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनमत पार्टीका कार्यकर्तामाथि गोली प्रहार, पाँचजना घाइते

१८ पुष २०७८, आईतवार १३:४२
नेपालगञ्ज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर जनमत पार्टीका पाँचजना घाइते भएका छन् । नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साहलाई गोली लागेको हो । वैजनाथ र नथुनीको टाउकोमा तथा अन्यको खुट्टामा गोली […]