विद्यालयको भवन पुर्ननिर्माण हुँदा हर्षित

सदरलाईन १९ असार २०७९, आईतवार १०:०९
 

वीरेन्द्रनगर, हावाहुरीले उडाएको विद्यालयको छत फेरि पुर्ननिर्माण हुँदा शिक्षक, विद्यार्थी अभिभावक हर्षित भएका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –१६ लेहडास्थित सरस्वती प्राथमिक विद्यालयको छत (टिन) उडाउदा विद्यार्थीहरु खुल्ला चौरमा बसेर पढ्न बाध्य भएको विद्यार्थीहरु भवन एनएमवी बैंकले पुर्ननिर्माण गरेपछि हर्षित भएका हुन् ।

हावाहुरीले पाता उडाएको लामो समयसम्म पनि पुर्ननिर्माणमा सरोकारवालाहरुले चासो नदिएका कारण एनएमवी बैंकले पुर्ननिर्माण गरेको थियो । जसका कारण विद्यार्थीहरु चौरमा बसेर बढ्नुपर्ने बाध्यता रहेको थियो । एनएमवी बैंकले ५ लाख बढी रकम खर्चेर फेरी बलियो छतसहित पुर्ननिर्माण गरेको हो ।

एक कार्यक्रम गरेर बैंकले ४ वटा कोठाको पुर्ननिर्माण भवन विद्यालयलाई हस्तान्तरण गरेको हो । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बैंकले नागरिक दैनिकमा समाचार प्रकाशनपछि विद्यालय भवन पुर्ननिर्माण गरि हस्तान्तरण गरिएको एनएमवी बैंक कर्णाली प्रदेशका एरिया ईन्चाज मित्रराज प्याकुरेलले बताए ।


जेष्ठ ६ गते साँझ आएको हावाहुरीका कारण विद्यालयको छत (टिन) उडाएको थियो । जसका कारण विद्यार्थीहरु खुल्ला चौरमा बसेर पढ्न बाध्य भएका थिए । बैंकले वित्तिय कारोवार मात्र गर्ने थाहा भएपनि सामाजिक कार्यमा सहयोग गर्ने कुराले आफुहरु हर्षित भएको विद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले बताए ।

‘सामाजिक कार्यमा एनएमवी बैंकको सहकार्यले शिक्षक, विद्यार्थी र अभिभावकमा खुसी छौं ।’ प्रधानाध्यापक खड्काले भने, वीरेन्द्रनगरकै विकट वडा भएकाले विद्यालयमा सेवासुविधा छैन् । यस्तो अवस्थामा बैंकले गरेको सहयोग अतुलनिय छ ।’

भवन पुर्ननिर्माणपछि चौरमा बसेर पढ्नुपर्ने बाध्यता हट्यको विद्यार्थी केशव खड्काले बताए । हावाहुरीले भत्काएको बान्नोसहित परिपरि विममा नट हाल्ने र क्रसिङ नटले बरिपरि पुरै कस्ने, दुई सरियाले परिवरी ताईपिङ हालेर ४ फिटको बान्नो, उठाई त्यसमाथि सुली उठाएमा टिन माथि बलियो गरि च्यापेर बलियो गरि पुर्न निर्माण भएको विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष यामबहादुर खत्रीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा एक युवतीको शव भेटियो

१९ असार २०७९, आईतवार १०:०९
नेपालगञ्ज : बर्दियाको बासगढी नगरपालिका–४ स्थित जनचेतना सामुदायिक वनमा महिलाको शव फेला परेको छ । अन्दाजी २४–२५ वर्षीया युवतीको शव फेला परेको हो । उनको पहिचान खुलेको छैन । गाढा रातो रङको साधारण फिता भएको चप्पल, रातो रङको कुर्ता र हरियो रङको सुरुवाल लगाएकी महिलाको शव घाँटीमा सलले बेरिएको अवस्थामा […]