जंगली च्याउ खाँदा एकै गाउँका १९ जना विरामी

सदरलाइन संवाददाता १६ असार २०७९, बिहीबार १३:०५
 

नेपालगञ्ज : बुटवलमा जंगलबाट ल्याएको च्याउ खाँदा १९ जना बिरामी भएका छन् ।

बिरामी हुनेहरु सबै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ नयाँ गाउँका हुन् । बिरामी हुनेहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए ।


उनका अनुसार, नयाँ गाउँकी २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुमबहादुर बिक गम्भीर बिरामी भएका हुन् ।

बुधबार दिउँसो जंगलबाट ल्याएको च्याउ खाएपछि उनीहरू बिरामी परेका थिए । बिरामी भएका सबैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

१६ असार २०७९, बिहीबार १३:०५
नेपालगञ्ज : बाँकेमा लागुऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१८ लग्दहवा बस्ने ३२ वर्षीय सुवास यादव पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो । यादवमाथि बाँके जिल्ला अदालतबाट लागुऔषध मुद्दामा ७ बर्ष ६ महिना कैद र […]

ताजा अपडेट