स्टिक्स एण्ड स्टोनस् तालिम सम्पन्न

१० श्रावण २०७६, शुक्रबार १८:०९
 

सदरलाइनडटकम,
बर्दिया : बाँकेको बैजनाथ गाउँपालिका र बर्दियाको बारबर्दियाका बालबालिकालाई दुई दिने स्टिक्स एण्ड स्टोनस् तालिम प्रदान गरिएको छ । बालबालिकाको आफ्नै संरक्षणमा उनीहरुको संलग्नता प्रर्वद्धन गर्ने उद्देश्यले पालिकास्तरीय बालक्वल सञ्जालका पदाधिकारी तथा सदस्यहरुलाई तालिम दिइएको हो ।
बाँके युनेस्को क्लव नेपालगञ्जको आयोजना, प्लान नेपालको सहयोग र बैजनाथ गाउँपालिकाको सहकार्यमा भएको तालिम समापनमा बोल्ने सहभागीहरुले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सुझाव दिएका थिए ।
बाँके युनेस्को क्लव नेपालगञ्जका अध्यक्ष प्रवेजअलि सिद्दिकीले बालबालिकाहरुले आफुजस्तै अन्य बालबालिकाहरुलाई पनि बालअधिकार संरक्षणबारे जानकारी गराउनु पर्ने बताए । बैजनाथ गाउँपालिकाका ३५ र बारबर्दियामा २९ जनालाई तालीम दिएको अलिले जानकारी दिए । बाँके युनस्कोले बालबालिकाको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

Next Post

दुई लाखसहित कैलालीमा नौ जुवाडे पक्राउ

१० श्रावण २०७६, शुक्रबार १८:०९
सदरलाइनडटकम, कैलाली : प्रहरीले कैलालीको गोदावरी नगरपालिकाबाट दुई लाखभन्दा बढी नगदसहित नौ जना जुवाडे पक्राउ गरेको छ । सुराकीले दिएको सूचनाका आधारमा अत्तरियामा रहेको खप्तड होटल रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा नगदसहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले २ लाख […]

सम्बन्धित