डुडुवामा कार्यपालिका बैठक सञ्चालनमा अवरोध

सदरलाइन संवाददाता १८ असार २०७९, शनिबार १३:५०
 

डुडुवा (बाँके) : बाँकेको डुडुवा गाँउपालिकामा नेकपा एमाले र जनता समाजबादी पार्टी (जसपा) ले कार्यपालिकामा आफनो बहुमतको आडमा बैठक अवरोध गर्दै आएपछि बैठक सञ्चालन गर्नमा समस्या भएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ र डुडुवा गाउँपालिका बैठक सञ्चालन कार्यविधी २०७४ अनुसार कार्यपालिका बैठकमा प्रस्तुत हुने प्रस्तावहरु अध्यक्षबाट स्वीकृत गराई प्रमुख प्रशासकिय अधिकृतले कार्यपालिकाको बैठकमा सचिवको हैसियतले एजेण्डा प्रस्तुत गर्नुपर्र्ने कानूनी व्यवस्था रहको र उक्त कानूनी व्यवस्थालाई अध्ययन नै नगरि कार्यसूचि विपरित एकैपटक विभिन्न विषयहरुमा छलफल गर्दा बैठक सञ्चालन गर्नमा कठिनाई उत्पन्न भएको छ ।

कार्यपालिकाको जेठ ३० गते बसेको पहिलो बैठकमा धन्यवादसहितको प्रस्ताव पास भएर सम्पन भएको र दोस्रो बैठक असार ६ गते र तेस्रो बैठक असार १२ गते बसेको बैठकमा कानून अनुसार अध्यक्षबाट पेश हुने प्रस्ताव पेश गरिएको विषयमा छलफल नगरि अनावश्यक विषयमा वादविवाद गरि प्रस्तुत प्रस्तावमा छलफल नै गर्न नदिइ कार्यपालिकाका सदस्यहरुले बाहिरी विषयको प्रस्ताव ल्याएर बहुमत भन्दै बैठक नै शुरु हुन नदिएको अवस्थामा गाउँपालिकाको निति, कार्यक्रम र बजेट समेत अनिश्चित बनेको छ ।

कार्यपालिकाको प्रथम बैठक जेठ ३१ गते, दोस्रो बैठक असार ६ गते र तेस्रो बैठक असार १२ गते बसे पनि पहिलो बैठकबाहेक अन्य दुई वटा बैठकमा विषय प्रबेश नभई स्थागित भएको थियो ।


कार्यपालिकाको बैठकका लागि फोन र एसएमएसमार्फत सबै सदस्यहरुलाई खबर गरि बैठकको एजेण्डा समेत प्रस्तुत गरि सभा सञ्चालन तथा विषयगत समितिको गठन बजेटको तयारी लगायतका विषयमा निर्णय गर्दा त्यसप्रति कुनै चासो नदिई अनावश्यक विवाद सृजना गरेकाले समस्या उत्पन्न भएको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताए । अध्यक्ष चौधरीले गाउँपालिकाको समग्र हितका लागि पहिला निति, कार्यक्रम र बजेट ल्याउनुपर्ने भन्दै अनावश्यक वाद विवाद नगर्न आग्रह गरे ।

एमाले र जसपाका निर्वाचित पदाधिकारीहरु बैठकमा उपस्थित भएर पनि प्रक्रिया अनुसार छलफलमा सहभागी नभएको र बाहिर विभिन्न किसिमका झुठा अफुवा फैलाउने र आरोप प्रत्यारोप लगाउने कार्य गलत भएको अध्यक्ष चौधरीले बताए ।

जनताले चुनेका जनप्रतिनिधीले काम गर्ने बातावरण नवनाउँदा अनाहकमा जनताले दुःख पाउने संकेत देखिन्छ । कार्यपालिकाको बैठक नबस्दा गाउँपालिकाले प्रवाह गर्ने स्वास्थ्य, पशु राजश्व शुल्क लगायतका विभिन्न सेवाहरु प्रभावित भएको अध्यक्ष चौधरीले दुःख व्यक्त गरे ।

एमाले र जसपाले बहुमत भएको देखाउदै कार्यपालिकाको बैठकमा हुल हुज्जतका साथ अन्य कार्यक्रता समेत ल्याएर बैठक भाड्ने कार्य भइरहेको हुदा आगामी दिनमा त्यस्ता गतिविधी नगर्न अध्यक्ष चौधरीले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा तरकारीको मूल्य आकाशियो, उपभोक्ता मारमा

१८ असार २०७९, शनिबार १३:५०
नेपालगञ्ज : पछिल्ला महिनामा खाने तेल, साग तरकारीलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । मूल्य वृद्धिले विपन्न वर्गलाई बढी असर पुर्याएको छ । मूल्य वृद्धिसँगै कमजोर आर्थिक अवस्था भएका विपन्न परिवारलाई साँझ बिहान पकाएर खानुपर्ने तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको छ । खाने तेलको […]