शिकार खेल्न गएका एकजनाको बन्दुक पड्किएर मृत्यु

सदरलाइन संवाददाता १४ जेष्ठ २०७९, शनिबार १६:३०
 

नेपालगञ्ज : शिकार खेल्न गएका आफ्नै साथीले बोकेको बन्दुक पड्किदा एक जनाको गोली लागेर मृत्यु भएको छ ।

दाङको बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमानामा पर्ने जंगलमा आफ्नै साथीले बोकेको बन्दुक पड्किदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


गोली लागेर मृत्यु हुनेमा लमही नगरपालिका १ का भागबहादुर पुन रहेका छन् । मृतक पुन शुक्रबार दिउँसो अन्य ४ जना साथीहरुसँग सिकार खेल्न गएका थिए । सिकार खेल्ने क्रममा साथीले बोकेको बन्दुक पड्किदा घाटीमा गोली लागेर पुनको मृत्यु भएको दाङ प्रहरीले बताएको छ ।

मृतक पुनसँग सिकार खेल्न गएका ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी दाङले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मन्त्री अथकद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई

१४ जेष्ठ २०७९, शनिबार १६:३०
काठमाण्डौ : नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ । शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीलाई बिदाई गरेका हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार काठमाण्डौमा आयोजना गरेको […]

ताजा अपडेट