छोरीको निम्ति स्वर्णिम नेपाल महाअभियान नेपालगन्जमा

७ पुष २०७४, शुक्रबार २१:०६
 

सदरलाइनडटकम
७ पुस, नेपालगन्ज : छोरीको निम्ति स्वर्णिम नेपाल महाअभियान अन्तर्गत बालबिवाह अन्त्य र साझा संकल्प का अभिन्ताद्वय अन्तराष्टिय मोटिभेटर नरबहादुर कार्की र नायीका रेखा थापाले बालविबाह सम्मृद्धिको बाधक भएको बताएका छन् ।
नेपालगन्जबाट बाल बिबाह बिरुद्ध महाअभियानको सुरुवात गर्दै उनीहरुले सो कुरा बताएका हुन । विभिन्न विद्यालयका कक्षा ९ देखि १२ सम्मका किशोर किशोरीहरुलाई बाल विबाहको बिरुद्ध अभियन्ता भएर अघि बढ्नको लागि उनीहरुले आव्हान समेत गरे ।
नायिका रेखा थापाले चलचित्रमा अभिनय गरेर टप हिरोईन हुनु भन्दा पनि अभियानमा जोडिन पाएकोमा बढि खुशी लागेको बताएकी छन् । उनले भनिन्– फिल्ममा हुँदा प्रमुख उद्धेश्य टप हिरोइन बन्छु भन्ने हुन्छ, अब यो अभियानमा जोडिएपछि बालबविाह रहित नेपाल बनाउने प्रमुख उद्देश्य भएको छ ।
अभियन्ता कार्कीले नेपालको सामाजिक परिवेशमा अहिले पनि छोरी भएर जन्मनुलाई अनुकुल नमानिने बताउँदै बाल बिवाह मुख्य समस्याको रुपमा रहेको बताए । उनले यो अभियान कुनै ब्यक्ति र सङ्घ संस्था भन्दा पनि सबैको सामुहिक प्रयासबाट मात्रै हल हुन सक्ने बताए ।
नेपालगन्जको कारकादौंमा भएको कार्यक्रममा बालबिवाह अन्त्यका लागि सझा प्रतिवद्धता समेत जनाइएको थियो । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५(बि) २ का पुर्ब गर्भनर सेम शाक्यले बाल बिवाहका कारण उमेर नपुग्दै आमा बन्नेहरुमा स्वास्थ्यमा प्रतिकुल समस्या देखिएका कारण समस्या विकराल भएको बताए ।
बि ग्रुपका कार्यकारी निर्देशक गोपालनाथ योगीले बाँकेमा मधेसी र मुस्लिम समुदायमा अन्य समुदायमा भन्दा बाल बिवाह बढि पाइएको बताए । उनले बाल बिवाह न्यूनीकरणका लागि साझा रणनीति समेत बनाइएको बताए । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५(बि) २ का गर्भनर मधुसुदन रिजाल, सामाजिक अभियन्ता ऋचा लुईटेल लगायतले बालबिवाह अन्त्यका लागि थालिएको अभियान प्रभावकारी भएको बताए ।
एक तथ्यांक अनुसार नेपालमा ३७ प्रतिशत छोरीहरुको बिवाह १८ बर्ष भन्दा पहिले हुने गरेको पाइएको छ । १० प्रतिशत छोरीको बिवाह १५ बर्ष भन्दा अघिको उमेरमा हुने गरेको छ । छोरीको निम्ति स्वर्णिम नेपाल महा अभियान गतबर्ष सुर्खेतबाट सुरु भएको हो ।

Next Post

रेखा थापाले १६ वर्षमा विवाह गर्दा के भयो यसरी खोलिन राज... भिडियो सहित

७ पुष २०७४, शुक्रबार २१:०६
सदरलाइनडटकम    ७ पुस, नेपालगन्ज :  चर्चित नायिका रेखा थापाले सानो उमेरमा विवाह गर्दा को बारेमा आफुले भोगेका भोगाईबाट पाठ सिकेर बाल विवाह बिरुद्धको अभियानमा जोडिएको बताएकी छन् । छोरीको निम्ति स्वर्णिम नेपाल महाअभियान अन्तर्गत बालबिवाह अन्त्य र साझा संकल्पका अभियन्ता समेत रहेकी नायिका थापाले बालविबाह सम्मृद्धिको बाधक भएको बताईन […]