बाँकेको ईगाउँमा क्रिकेट स्टेडियमको माग

२१ बैशाख २०७६, शनिबार १८:३८
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाका वडा नम्बर ४ ईगाउँमा १४ बर्षदेखि शहीद सेतु विक स्मृति क्रिकेट प्रतियोगिता आयोजना हुँदै आएको छ । पछिल्लो संस्करणको उद्घाटनमा शनिवार क्रिकेट स्डेडियमको माग उठेको छ । स्थानीय न्यू दर्पण युवा क्लबले शहीद विकको जन्मस्थानमा २०६३ सालदेखि क्रिकेट प्रतियोगिताको शुरुवत गरेको हो ।
क्लबका अध्यक्ष दलबहादुर बिसी र पूर्वअध्यक्ष देवराम विसीले शहीद सेतु विकको सम्मान र क्रिकेटप्रतिको आकर्षणका कारण ईगाउँमा क्रिकेट स्टेडियम निर्माण गर्नुपर्ने माग गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश नम्बर ५ खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले ईगाउँमा क्रिकेट स्टेडियमका लागि आफुहरुले पहल गर्ने आश्वासन दिएका छन् । उनले ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता दुईबर्षभित्रै सञ्चालन गरेर बाँकेले ठुलो सफलता प्राप्त गरेको बताए ।
यसबर्ष प्रतियोगिताको विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ । उद्घाटन कार्यक्रमको स्थानीय युवा केशर बिसीले सञ्चालन गरेको प्रतियोगितामा १६ टोलीको सहभागिता छ ।

Next Post

नेपालगञ्जको विकासका लागि मन्त्री राईलाई डेलिगेशन

२१ बैशाख २०७६, शनिबार १८:३८
सदरलाइनडटकम, नेपालगञ्ज : आगामी आर्थिकबर्ष २०७६/७७ को वजेटको तयारी भईरहँदा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ को टोली बजेटमा बढिभन्दा बढि योजना पार्न डेलिगेशनका लागि राजधानीमा रहेको छ । वडा अध्यक्ष प्रमोद रिजालको नेतृत्वमा रहेको टोलीले आईतवार शहरी विकासमन्त्री मो. इस्तियाक राईलाई मन्त्री निवासमै भेटेर आगामी आर्थिक वर्षमा वजेटमा समावेश गरिदिन […]

सम्बन्धित