सिकलसेल नियन्त्रणका लागि बाँकेका स्थानीय सरकार प्रतिबद्धता

सदरलाइन संवाददाता १६ असार २०७९, बिहीबार १५:५६
 

नेपालगञ्ज : थारु समुदायमा जनस्वास्थ्य समस्याकारुपमा रहेको बंशानुगत सिकलसेल एनिमिया र थालेसेमिया रोग नियन्त्रणका लागि बाँकेका स्थानीय सरकार प्रमुखहरुले प्रतिबद्धता जनाएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा बिहीवार नेपालगञ्जमा आयोजित कार्यक्रममा सहभागी पालिका प्रमुखहरुले सो प्रतिबद्धता जनाएका हुन् ।

सिकलसेल तथा थालेसेमिया रोग नियन्त्रणका लागि समुदायका सबै बालबालिकाको स्क्रिनिङ गरेर उपचार र त्यसको व्यवस्थापनमा स्थानीय सरकारले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

बाँकेका थारु बाहुल कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकामा सिकलसेल तथा थालेसेमियाको प्रभाव बढी छ । कोहलपुर नगरपालिकाले ल्याव राखेर त्यही स्क्रिनिङ गर्दै आएको छ भने राप्तीसोनारी र बैजनाथ गाउँपालिकामा ल्याव छैन् । जसका कारण त्यहाँ स्क्रिनिङ गर्न समस्या छ ।


सिकलसेल तथा थालेसेमिया विज्ञ डा राजन पाण्डेले पालिकाहरुले आफ्नो अस्पतालमा ल्याव राख्ने र थालेसेमियाका विरामीका लागि चाहिने औषधि तथा जाँचमा पालिकाले सहयोग गर्ने हो भने बिरामीलाई धेरै राहत हुने बताए ।

सरकारले सिकलसेलका विरामीलाई उपचार खर्चवाफत एक लाख दिने गरेको छ । तर थालेसेमियाका विरामीलाई भने उपचार खर्च दिने गरेको छैन । दुवै रोग उस्तै–उस्तै खाले र जनस्वास्थ्य समस्याकैरुपमा रहेकाले स्थानीय सरकारले यस्ता विरामीलाई उपचारमा सहयोग पुर्याउनु पर्ने डा.पाण्डेको भनाइ छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरी, उपप्रमुख सीता कार्की, राप्तीसोनारी गाउँपालिकाका प्रमुख तप्त पौडेल, डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो, नरैनापुर गाउँपालिकाका कार्यबहाक प्रमुख जयन्तीदेवी श्रीवास्तव, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहलगायतको सहभागिता रहेको स्वास्थ्य कार्यालय अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके काँग्रेसका नेताहरुद्धारा प्रधानमन्त्री देउबासँग भेटघाट

१६ असार २०७९, बिहीबार १५:५६
नेपालगञ्ज : बाँकेस्थित कांग्रेस नेता एवम् नेतृहरुले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उनीहरुले केन्द्रिय सभापति समेत रहेका देउवालाई भेटघाट गरेका हुन् । सो क्रममा जिल्लास्थित पार्टीको गतिविधी, निर्वाचन लगायत विषयमा छलफल भएको थियो । भेटघाटका क्रममा कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, […]