छाडा पशुचौपायाको उचित व्यवस्थापन गर्न ध्यानाकर्षण

सदरलाइन संवाददाता १७ भाद्र २०८०, आईतवार १४:४९
 

कोहलपुर (बाँके) : कोहलपुरमा रहेका बिभिन्न धार्मिक संघ संस्थाहरु ओमकार परिवार, तथा राष्ट्रिय सनातन धर्म संस्कृति महासंघ नेपाल बाँकेले बिभिन्न सञ्चार माध्यम मार्फत कोहलपुर नगर प्रमुखको ध्यानाकर्षण गराएका छन् । उनीहरुले स्थानीय सरकारले छाडा पशु चौपायाको उचित नियन्त्रण र व्यवस्थापनू गर्न स्थानीय तहमा सम्बन्धित गौशाला समितिसंग सहकार्य गरि उचित भुमिका निर्वाह गर्न अनुरोध गर्दै नगर प्रमुख पुर्ण प्रसाद आचार्यको ध्यानाकर्षण गराएका हुन् ।

नेपालगञ्जका छाडा चौपायाहरुलाई काञ्जि हाउसमा लगेर उपमहानगरका नगर प्रमुख प्रशान्त बिष्टले छाडा चौपायाहरुको ब्यबस्थापन गरेको अवस्थामा कोहलपुरमा छाडा रुपमा रहेका पशु चौपायहरुको उचित ब्यबस्थापन र उनीहरुका लागि आहारको समेत कोहलपुर नगरपालिकाले ब्यबस्थापन गर्नुपर्ने राष्ट्रिय सनातन धर्म संस्कृति महासंघ नेपाल बाँकेका संयोजक प्रमात कुमार श्रेष्ठले बताएका छन् ।

नगरपालिका भित्र छाडा पशु चौपायाको उचित व्यवस्थान गरी पुर्व–पश्चिम, उत्तर–दक्षिण राजमार्गलाई निर्वाधरुपमा सञ्चालनको व्यवस्था मिलाउन छाडा चौपायाको नियन्त्रण गर्ने, गराउने कोहलपुर नगरपालिकाको ठुलो जिम्मेवारी भन्दै श्रेष्ठले बाँके जिल्लासंगै कोहलपुर बजार क्षेत्रमा छाडा चौपायाका कारण सवारी दुर्घटना हुदाँ मानवीय तथा पशु चौपाया समेतको क्षति भोगिरहनु परेको बताए ।


स्थानीय सरकार संञ्चालन ऐन,२०७७ को दफा ११ २ ञ अनुसार छाडा चौपायको नियन्त्रण गर्ने जिम्मा पालिकाहरूको रहेको हुदाँ कोहलपुर नगरपालिकाले आफनो कर्तव्य निर्वाह नगरी छाडा गाईवस्तुहरूलाई बजार क्षेत्रको मुख्य राजमार्गका महिनौ देखि छाडा रुपमा रहिरहदा दुर्घटनाको स्थिति उत्पन्न भए पनि कुनै चासो नदेखाएको हुदाँ स्थानीय सरकारले आफनो क्षेत्रभित्रका राजमार्गहरूमा नेपालको कानुनले निर्धारण गरेको ऐन,दफा अनुसार राजमार्गलाई खुला रुपमा आवागनको व्यवस्था मिलाउनको निम्ति छाडा पशु चौपाया व्यवस्थापनको निम्ति संम्बधित निकायले गौशालासंग बृहद छलफल र समन्वय गरि कोहलपुर नगरपालिकालाई छाडा चौपाया मुक्त क्षेत्र घोषणा गर्न, गराउनको निम्ति सुझाव सहित नगर प्रमुखको ध्यानाकर्षण गराउदछौं कोहलपुर क्षेत्रमा क्रियाशिल धार्मिक संघ संस्थाका ब्यक्तिहरुले भनेका छन् ।

कोहलपुरका मुख्य सडकहरुमा छाडा चौपायाहरुका कारण सवारी चालकहरुलाई समेत त्रसित रुपमा यात्रा गर्न बाध्य हुनुपरेको छ । यसरी छाडा चौपाया यदि जानाजान छोडने गरिएको पाइए नगरपालिकाले चौपाया धनिलाई कडाईका साथ जरीवाना तिराउने र चौपाया छोडने परिपाटिको अन्त्य गराउन नगरपालिकाले महत्वपुर्ण भुमिका खेल्नुपर्ने समेत धार्मिक ब्यक्तित्वहरुले बताएका छन् ।

रामजानकी गौशालाका भोला शर्माले गौशालामा भएका पशु चौपायाहरुलाई दाना पानी पुरयाउन कठिन भएको बताउदै थप भएर आउने पशु चौपायाकालागि नगरपालिकाले दाना पानीको समेत ब्यबस्थागर्नु पर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्ती तटीय क्षेत्रका बासिन्दा सधैँ बाढीको त्रासमा

१७ भाद्र २०८०, आईतवार १४:४९
नेपालगञ्ज : वर्षात् शुरु भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका–७ नयाँबस्ती फरेदागाउँका शङ्कर यादव रातिमा राम्ररी निदाउन सकेका छैनन् । “बाढी रोकथामको लागि लगाइएको तटबन्ध भत्किएको वर्ष दिन भइसक्यो, राप्ती नदीले कटान गर्दै गाउँतिर सोझिएको छ”, उनले भने, “ठूलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले वर्षातको समयमा राम्ररी निदाउन […]