श्री एयरलाइन्सको जहाज दुर्घटनाबाट जोगियो

सदरलाइन संवाददाता १९ आश्विन २०७८, मंगलवार १२:४४
 

नेपालगञ्ज : श्री एयरलाइन्सको जहाज ठुलो दुर्घटना हुनबाट जोगिएको छ । काठमाण्डौस्थित त्रिभुवन विमानस्थलको पार्किङबाट रनवेतिर जाँदा श्री एयरलाइन्सको जहाज मंगलबार बिहान घाँसमा पुगेको छ ।

नेपालगञ्ज आउन लागेको उक्त जहाज रनवेमा जान लाग्दा घाँसतिर गएको त्रिभुवन विमानस्थल कार्यालयका एक कर्मचारीले बताए । ‘पार्किङबाट निस्कने बेलामा जहाजको एउटा चक्का चिप्लिएर घाँसमा पुगेको हो, जहाजमा त्यस्तो कुनै क्षति भएको छैन,’ उनले भने ।


श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जहाजमा यात्रु भएपनि कसैलाई पनि चोट नलागेको र सबै सकुशल रहेको बताए । जहाजको अहिले परीक्षण भइरहेको उनले जानकारी दिएका छन् ।

‘जहाज धावनमार्गमा नगएकाले अन्य उडानहरु प्रभावित भएका छैनन्,’ ति कर्मचारीले भने । केही दिनअघि पनि बुद्ध एयरको जहाज ठुलो दुर्घटनाबाट जोगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा मंगलवार २१ जनामा कोरोना पुष्टि

१९ आश्विन २०७८, मंगलवार १२:४४
नेपालगञ्ज : बाँकेमा मंगलवार थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९० नमुना परीक्षण गर्दा थप २१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ४१ नमुना परीक्षण गर्दा १२ र मेडिकल कलेज कोहलपुरमा ३६ नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये […]