बाँके काँग्रेसका नेताहरुद्धारा प्रधानमन्त्री देउबासँग भेटघाट

सदरलाइन संवाददाता १६ असार २०७९, बिहीबार १६:००
 

नेपालगञ्ज : बाँकेस्थित कांग्रेस नेता एवम् नेतृहरुले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उनीहरुले केन्द्रिय सभापति समेत रहेका देउवालाई भेटघाट गरेका हुन् ।

सो क्रममा जिल्लास्थित पार्टीको गतिविधी, निर्वाचन लगायत विषयमा छलफल भएको थियो । भेटघाटका क्रममा कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, निर्वतमान उपसभापति फुलाराम थारु, महासमिति सदस्य द्रोपदी ओली, जिल्ला कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, प्रवक्ता डिल्ली गिरी, क्षेत्र नम्बर १ का सभापति पोषण केसी, नेपालगञ्ज उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख उमा थापामगर लगायतको सहभागिता रहेको थियो ।


काठमाडौंमा रहेका सभापति गौडेल सहितको टोलीले केहीदिन यता कांग्रेस नेता लगायत विभिन्न ब्यक्तिलाई भेट गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको ११ औं नगरसभा सम्पन्न

१६ असार २०७९, बिहीबार १६:००
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको ११ औं नगरसभा बिहीवार सम्पन्न भएको छ । नगरसभाले आर्थिक विधेयक २०७९, विनियोजन विधेयक २०७९ सर्वसम्मत पारित गरेको छ । नगर प्रमुख प्रशान्त विष्टका अनुसार, कर्मचारीहरुको तलवी प्रतिवेदन तथा करार कर्मचारीको नविकरण गर्ने निर्णय पनि नगरसभाले गरेको छ । यसैगरी १० औं नगरसभादेखि ११ औं नगरसभाको […]