मानव धर्म सेवा समितिद्वारा शैक्षिक सामग्री वितरण

सदरलाइन संवाददाता १६ असार २०७९, बिहीबार १४:४५
 

नेपालगञ्ज : नेपाल मानव धर्म सेवा समिति भेरी–राप्ती क्षेत्र नेपालगञ्जले शिक्षा अभियानअन्तर्गत श्री राम जानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

चोैलानी पुस्तक पसल कारकादोले उपलब्ध गराएको झोला र स्टेशनरीलगायतका शैक्षिक सामग्री नेपालगञ्ज २० मनिकापुर नयाँ बस्तीमा रहेको विद्यालयलाई वितरण गरिएको हो ।


नेपाल मानव धर्म सेवा समिति भेरी–राप्ती नेपालगञ्जका म. चादना बाइजीको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपालगञ्ज उपमहानगरपालिका वडा न.२० का वडाध्यक्ष कोैशलकुमार धोबी, विद्यालयका प्रधानाध्यापक भावना शाह, म. संगिता बाइजी, नवराज सापकोटा, राजकुमार योगी, मोहन चन्दको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले मानव धर्म भेरी अञ्चलको संक्षिप्त परिचय, मानव धर्मको शिक्षा अभियानको परिचय लगायतको बिषयमा चर्चा गरेका थिए । कार्यक्रममा वडाध्यक्ष धोबीले विद्यालयलाई सहयोग गरेकोमा धन्यवाद दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा लागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

१६ असार २०७९, बिहीबार १४:४५
बर्दिया : बर्दिया प्रहरीले लागुऔषध मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । जिल्ला बर्दिया मधुवन नगरपालिका वडा नं.६ बस्ने बर्ष ४३ को शेर बहादुर बुढलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान पक्राउ गरेको हो । बुुढालाई बाँके जिल्ला अदालतको […]