लुम्बिनी प्राविधिक विश्वविद्यालयको पहिलो वार्षिक उत्सव सम्पन्न

सदरलाइन संवाददाता १८ असार २०८०, सोमबार १९:५४
 

नेपालगञ्ज :  लुम्बिनी प्राविधिक विश्व विद्यालयको पहिलो वार्षिक उत्सव नेपालगञ्जमा औपचारिक कार्यक्रमको आयोजना गरि मनाईएको छ ।

लुम्बिनी प्रदेश सरकारको गौरवको योजना मध्येको एक लुम्बिनी विश्वविद्यालय स्थापना भएको एक वर्षमै शैक्षिक गतिविधि सञ्चालन गर्ने गरी अघि बढेको हो ।

वार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथि बाँके क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा निर्वाचित किशोरसिंह राठौरले लुम्बिनी प्राबिधिक विश्व विद्यालय बाँकेको आफ्नै निर्वाचन क्षेत्रमा बन्न लागेकोमा आफू संघीय सांसद भएका नाताले यसको सफलताको लागि कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।

उनले तीन प्रदेशको केन्द्रको रुपमा लुम्बिनी प्राविधिक विश्व विद्यालय सञ्चालनमा आउनुले यहाँ उत्पादन हुने प्राविधिक जनशक्ति यही नै खपत हुने कुरामा आफु विश्वस्थ रहेको बताए । उनले संघियता कार्यन्वयन गर्दा बाँके बर्दियालाई कर्णालीमा नमिसाउनु ठूलो भूल भएको बताए ।


लुम्बिनी प्राबिधिक विश्व विद्यालयका कुलपति समेत रहेका लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्ली चौधरीले विश्व विद्यालय प्रदेशको गौरवको आयोजना भएको भन्दै लुम्बिनी प्राबिधिक विश्व विद्यालय स्थापनादेखि सञ्चालन गर्दासम्म अवसर र चुनौती दुबै रहेको बताए ।

नेपालगञ्जमा आयोजित लुम्बिनी प्राबिधिक विश्व विद्यालयको पहिलो बार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मूख्यमन्त्री चौधरीले यो विश्वविद्यालय समयमै सञ्चालनमा आउदा यसले पश्चिम नेपालकै मुहार फेर्न सक्ने दाबी गरे ।

उनले यस विश्व विद्यालयमा अध्ययन गरेका विद्यार्थीले ३ वर्ष अनिवार्य आफ्नै देशमा सेवा गर्नु पर्ने लुम्बिनी प्रदेश सरकारकोे नीति बनाएको बताए ।

लुम्बिनी प्राविधिक विश्व विद्यालयको पहिलो वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य दिपा शर्मा, नेकपा एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपति, खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक तुफानलगायतले यो विश्व विद्यालय सञ्चालनका लागि आ–आफ्नो क्षेत्रबाट सहयोगीको भूमिका खेल्न जरुरी रहेको बताएका थिए ।

लुम्बिनी प्राविधिक विश्व विद्यालयका लागि लुम्बिनी प्रदेश सरकारले बाँकेको खजुरा गाउँपालिका स्थित रनियापुरको सय बिगाह जमिनमा बन्ने तयारी अगाडि बढाएको छ । यसै शैक्षिक सत्रदेखि चारवटा विषयमा स्नातक तह र आगामी वर्षदेखि स्नातोकोत्तर तह अध्ययन गराउने गरी तयारी अघि बढाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीका भूमिहीनलाई जग्गाधनी बनाईंदै

१८ असार २०८०, सोमबार १९:५४
कैलाली : कैलालीका स्थानीय तहमा भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी बनाउन जग्गा नाप नक्साको काम धमाधम शुरु हुन थालेको छ । घोडाघोडी नगरपालिकाले वडा नम्बर १२ बाट जग्गा नाप नक्साको काम शुरु गरेको हो । छोटो समयमा पालिकाको वडा नम्बर ११ र १२ को काम पूरा गरेर यही […]