बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई राहत

सदरलाइन संवाददाता ११ जेष्ठ २०८०, बिहीबार १४:१७
 

कञ्चनपुर : कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएका पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । बाघको आक्रमणबाट ज्यान गुमाएकी बेलौरी नगरपालिका–८ पचुईँकी ४२ वर्षीया गङ्गा चन्दको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बाघपीडित परिवारलाई १० लाख राहत रकम हस्तारण गरेका हुन् । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाबमोजिम नियमानुसार पाउने राहत रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भुप्रसाद तिवारीले जानकारी दिए ।


गत वैशाख ८ गते पचुईँस्थित खप्टीनालामा घाँस काट्न गएकी चन्दलाई बाघले आक्रमण गरेको थियो । सँगै घाँस काट्न गएका स्थानीयले भागेर ज्यान जोगाएका थिए । बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रावधिक टोलीले अर्को दिन बाघलाई नियन्त्रणमा लिएर चिडियाखाना पठाइएको थियो । खोजी गर्ने क्रममा चन्दको शव खप्टीनाला क्षेत्रमा भेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवाको पशुपति माविमा ९ कोठे भवनको शिलान्यास

११ जेष्ठ २०८०, बिहीबार १४:१७
डुडुवा (बाँके) : बाँके डुडुवा गाउँपालिका–२ स्थित श्री पशुपति माध्यमिक विद्यालय नौरीगौढीमा नयाँ भवन निर्माण शुरु भएको छ । तीन तल्ले ९ कोठे भवनको निर्माण कार्य शुरु भएको हो । एक समारोहका विच डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गर्दै शिक्षाको गुणस्तरियताका लागि विद्यालयको पुर्वाधारको आवश्यकता रहेको भन्दै पालिकाभित्र रहेका […]

सम्बन्धित