स्थानीयको अवरोधपछि डुडुवामा स्मृर्ती भवनको शिलन्यास रोकियो

सदरलाइन संवाददाता ३१ जेष्ठ २०७८, सोमबार १५:३७
 


डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडानं.३ को बनकट्टीमा वडा कार्यालयको पश्चिम उत्तरतर्फ रहेको गौचर जग्गामा सुशील कोइराला स्मृर्ती भवन निर्माणको लागि शिलन्यास गर्ने क्रममा स्थानीयद्वारा अवरोध भएको छ ।

डुडुवा गाउपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले सोमबार बिहान सो जमिनमा जनाताको माग बमोजिम अस्पताल बनाउनु पर्नेमा बलजफ गरी सुशील कोईराला स्मृती भवन बनाउनको लागि शिलान्यास गर्न खोजेपछि क्रममा स्थानीयले बिरोध गरेका हुन ।

डुडुवा गाउंपालिका अध्यक्ष चौधरीले गाउकार्यपालिकाको बहुमतले पारित गरेको योजना भन्दै सशील कोइराला स्मृति भवन स्थापना गर्न करिब अठार लाख रकम विनियोजन गर्दै शिलन्यास नै गर्न थालेपछि सो जमिनमा अस्पताल बनाउन माग गर्दै अबरोध भएको हो ।

गतवर्ष संघिय सरकारबाट प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल स्थापनाका लागि पालिकाहरुलाई सरकारी जग्गाको विवरण पठाउन परिपत्र गर्दा पालिका अध्यक्ष चौधरीले पालिकाको वडानं.३ भित्र सरकारी जग्गा नरहेको विवरण लेखेर पठाएको र अहिले आफुले प्रतिनिधित्व गर्ने पार्टीको हितको लागि स्मृती भवन निर्माण गर्न थाले पछि अवरोध गरिएको एमाले डुडुवाका अध्यक्ष शकिल खानले बताए ।


डुडुवा गाउंपालिका भित्रका ६ वटा वडा मध्ये ३ नम्बर वडा कार्यालय रहेको सरकारी जग्गामा सार्वजनिक रुपमा नागरिकहरुको हितमा हुने गरि अस्पताल बनाउनु पर्ने जोडदार माग उठाउदै । वडा नं. ३,४ र ६ का अध्यक्ष क्रमश भण्डारीलाल यादव, सगिर खा र मोहनराम मिश्राले नागरिकको प्रत्यक्ष हित विपरित कुनै प्रकारको भौतिक संरचनाहरु बनाउन नहुँने अडान राखेका भएपनि अध्यक्ष चौधरीले सुनवाई नगरेको उनीहरु बताउछन् ।

जनता समाजवादी पार्टीका जिल्ला सचिव राजेन्द्र विश्वकर्माका अनुसार सो स्थानमा अस्पताल बाहेक कुनै पनि भौतिक संरचना बनाउँदा त्यसको प्रतिकार गरिदै जस्तो सुकै घटना घट्न सक्ने र सोको जिम्मा गाउंपालिका अध्यक्षले लिनुपर्ने बताए ।

सो शिलन्यास कार्य रोक्नको लागि स्थानीयले वडा कार्यालय हुँदै प्रहरीलाई गुहारेका छन् । यसबैबी बाँके प्रहरी प्रमुख ओमबहादुर रानाले सो शिलन्यास जबरजस्ती गर्न खोज्दा स्थानीय आक्रोसित भई अप्रिय घटना हुने सम्भावन बढेपछि प्रहरी प्रशासनद्वारा बिवाद टुङ्गो नलागेसम्मका लागि निर्माण प्रक्रिया शुरु नगर्न भनी रोक्का गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा असार ७ सम्म लम्ब्याईयो निषेधाज्ञा

३१ जेष्ठ २०७८, सोमबार १५:३७
नेपालगञ्ज : कोरोना कहरबाट जोगिन गत बैशाख १३ बाट जारी निषेधाज्ञा केहि खुकुलो बनाउँदै थप सात दिन लम्ब्याईएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै संक्रमणको जोखिम अझै कायम रहेका जनाउदै यसको रोकथाम र नियन्त्रणका लागि आगामी असार ७ गतेसम्म जिल्लामा जारी निषेधाज्ञा लम्बाएको हो । केहीदिन […]