बाँके कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

सदरलाइन संवाददाता ११ असार २०७९, शनिबार १३:४४
 

नेपालगञ्ज : बाँके जिल्ला कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको छ ।

उक्त कारागार विभागले ३०० जना क्षमता निर्धारण गरेकामा हाल ७७६ कैदीबन्दी रहेका छन् । कैदीबन्दीलाई कोचाकोच गरी राखिएको छ । कारागारमा दुई आश्रित नाबालकसमेत रहेको जेलर रामकुमार सुन्दरले बताए ।

बस्तीको मध्यभागमा कारागार रहेकाले उक्त क्षेत्रका नागरिकमा सुरक्षा चुनौती बढेको छ । ‘कैदीबन्दीलाई विभिन्न रोगको जोखिम छ,’ उनले भने । उनीहरुलाई उपचारका लागि भेरी अस्पताल लैजाने गरिएको छ । कारागारको भौतिक संरचना पनि जीर्ण हुँदै गएको छ । स्थापना हुँदा बनेका दुई भवन र पर्खाल पुराना भइसकेका छन् ।


कारागार वरिपरिको वातावरण एकदमै दुर्गन्धित छ । कारागारबाट निस्केको फोहोर त्यही वरपर फाल्ने गरिएको छ । ढल निकासको व्यवस्था छैन । फोहोर बढी भएकाले कैदी पनि अधिक सङ्ख्यामा बिरामी हुने गरेको कारागार प्रशासनको भनाइ छ ।

फोहोरकै कारण कैदीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई पनि सुरक्षा दिन अप्ठ्यारो भएको छ । बिरामीमा रोग संक्रमणको त्रास बढेको कारागार प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नवनिर्वाचित जनप्रतिनिधीहरुलाई सूर्योदयको सम्मान

११ असार २०७९, शनिबार १३:४४
नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिका वडा न १ स्थित सूर्योदय माध्यमिक विद्यालय चिसापानीले नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । बैजनाथ गाउँपालिका अध्यक्ष उपाध्यक्ष वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई विद्यालयले सम्मान गरेको हो । बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत प्राविधिक शिक्षा स्थानीय सरकारको […]