देशभर घट्दै कोरोना संक्रमण

सदरलाइन संवाददाता १४ जेष्ठ २०७८, शुक्रबार १७:०७
 

काठमाण्डौ : नेपालमा शुक्रवार ६ हजार ९ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वितेको २४ घण्टामा २० हजार ११० जनामा परिक्षण गर्दा ६ हजार ९५१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै शुक्रवार ९ हजार ८४१ जना निको भएका छन् । अब निको हुन बाँकी १ लाख १३ हजार ३९४ जना रहेका छन् । यस्तै शुक्रवार कोरोनाबाट मृत्यु हुनेको संख्या २ अंकमा झरेको छ ।


बिहीवारसम्म एक सय भन्दा बढीमा संक्रमिटको मृत्यु हुने गरेको शुक्रवार एक सय भन्दा कम ९६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७ हजार ४७ पुगेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शुक्रवार बाँकेमा ६५ संक्रमित थपिए, ९४ डिस्चार्ज

१४ जेष्ठ २०७८, शुक्रबार १७:०७
नेपालगञ्ज : बाँकेका दुई वटा प्रयोगशालामा १ सय ९३ नमुना परीक्षण गर्दा ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मेडिकल कलेज कोहलपुरको पीसीआर प्रयोगशालामा ६६ नमुना परीक्षण गर्दा १४ जना र बागेश्वरी ल्याबमा १२७ नमुना परीक्षण गर्दा ५१ जना गरि ६५ जनामा कोभिड संक्रमण पुष्टि भएको जिल्ला कोभिड […]

सम्बन्धित