जाडो छल्न दाउरा र कम्बल वितरण

१४ पुष २०७६, सोमबार १६:१८
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : केही दिनदेखि बढेको चिसो तथा शितलहरबाट बच्नका लागि डुडुवा गाउँपालिकाले दाउरा तथा कम्बल वितरणको कार्य शुरु गरेको छ । चिसोबाट बढी प्रभावित हुने गरीब, असहाय तथा विपन्न परिवार तथा जेष्ठ नागरिकहरुलाई चिसोबाट बच्नका लागि गाउँपालिका अन्र्तगत विभिन्न टोल तथा चोक चोकमा दाउरा वितरण गरि आगो ताप्ने व्यवस्था र कम्बल वितरण शुरु गरेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
गाउँपालिका अध्यक्ष चौधरीका अनुसार १० क्वीन्टल दाउरा हिरिमिनिया चोक र वडा कार्यालय नजिक आगो ताप्ने व्यवस्था मिलाइएको छ । दुईस्थानमा गरिएको आगो ताप्ने व्यवस्थाले त्यस आसपास गाउँटोलका करीब दुई सय बढी स्थानीय लाम्भावित हुने छन् । गाउँपालिकाले अन्य वडामा पनि दाउरा वितरणको तयारी गरेको जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले आइतवार मात्रै चिसो तथा शितलहरबाट प्रभावित परिवारलाई वितरण गर्नका लागि गाउँपालिकालाई कम्बल हस्तान्तरण गरेको छ । उक्त कम्बलमा गाउँपालिकाले थपगरि गाउँपालिकाअन्तर्गत रहेका गरिब तथा असहाय तथा विपन्न परिवारलाई वितरण गर्नेछ ।
रेडक्रस बाँके सभापति गोवर्धन सिंह सम्झना, विपत व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाले संयुक्तरुपमा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीलाई ५० थान कम्बल हस्तान्तरण गरेका थिए ।

Next Post

गुठी विधेयकबारे मन्त्री अर्याल र अगुवा सरोकारवालाबीच छलफल

१४ पुष २०७६, सोमबार १६:१८
सदरलाइनडटकम, काठमाण्डौं   : सरकारले गुठी लगायत मालपोत, भूउपयोग, भूमी, जग्गा प्राप्ती, विर्ता उन्मुलन लगायत ११ वटा विषय समेटेर एकीकृत भूमी ऐन ल्याउने तयारी रहेकै बेलामा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सोमबार गुठी विधेयकमा समेट्नु पर्ने विषयमा सरोकारवालसंग छलफल गरेकी छन् । गुठी विधेयकका सम्बन्धमा काठमाडौं उपत्यकाका […]