वर्षात सुरुहुँदै गर्दा नेपालगञ्जमा ढल र नाला सरसफाइ गरिदै

सदरलाइन संवाददाता ३ असार २०७९, शुक्रबार ११:१३
 

नेपालगञ्ज :  वर्षातको समयमा ढल र नाला थुनिएर नेपालगञ्ज जलमग्न हुने देखिएपछि यहाँ ढल र नालाको सरसफाइ गर्न थालिएको छ ।

ढल र नालामा फोहर थुप्रिएर पानीको निकास नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेकाले केही ठाँउमा दैनिक ज्यालादारीमा जनशक्ति परिचालन गरेर र केही ठाउँमा जेसिभीमार्फत सरसफाइको काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । केही वडाका नालामा वडा कार्यालयमार्फत काम सुरु भएको छ ।

उपमहानगरको पहिलो प्राथमिकतामा ठूला र मझौला नाला सफाइलाई राखिएको उल्लेख गर्दै उपमहानगरको वातावरण तथा सरसफाइ शाखाका प्रमुख प्रकाश डिसीले बसपार्कबाट पूर्व, गणेशपुर, बागेश्वरी मन्दिर हुँदै सुर्खेत राजमार्ग आसपास ढल र नाला सरसफाइ गरिने जानकारी दिए ।


जेसिभीलगायत साधनमार्फत नालीको प्लाष्टिकजन्य वस्तु, ढुङ्गा, इँटा, झार, फोहर र लेदो हटाउन थालिएको छ । ढल तथा नाला सरसफाइका लागि रु १० लाख बजेट विनियोजन गरिएको छ । वर्षाको समयमा पानी परे पनि डुबानको समस्या कम हुने उल्लेख गर्दै डिसीले सरसफाइको काम सकिन करिब एक महिना लाग्ने बताए ।

उपमहानगरपालिकामा ढल र नालाको समस्या समाधान गर्न केही दिनअघि नगरप्रमुख प्रशान्त विष्टले निर्देशन दिए लगत्तै ढल तथा नाला सफाई कार्य सुरु गरिएको थियो ।

नेपालगञ्ज बजारबाट मात्रै दैनिक २५ टन फोहरमैला सङ्कलन हुने गरेको छ । सो फोहरमैला उपमहानगरपालिकाको वडा नं २३ स्थित हिरीमिनीयामा व्यवस्थापन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

करेन्ट लागेर देउखुरीमा एक जनाको मृत्यु

३ असार २०७९, शुक्रबार ११:१३
दाङ : दाङको देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं. ५ पहरुवा निवासी करिब ४५ बर्षीय मोहन चौधरीको शुक्रवार विहान मोटरबाट पानी तानेर खेतमा चार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार घरबाट तानिएको तारमा करेन्ट प्रसारण हुँदा चौधरीलाई […]