बाँकेका थारू समुदायमा सिकलसेल तथा थालसेमिया अधिक

सदरलाइन संवाददाता ३० जेष्ठ २०७९, सोमबार १४:३६
 

नेपालगञ्ज : बाँकेका थारू समुदायमा सिकलसेल तथा थालसेमिया रोगको प्रकोप अधिक मात्रामा देखिएको छ । सिकल सेल तथा थाल सेमिया रोगले थारू समुदायलाई गाँज्दै लगेको छ ।

जिल्लाको थारू समुदायको बाहुल्य रहेको ठाउँमा गरिएका परीक्षणमा ठूलो संख्यामा थारू समुदायका मानिसलाई यो रोग देखापरेको छ । राप्तीसोनारी गाउँपालिकाको बैजापुरमा मात्रै एक सय ५० जनाको स्याम्पल जाँच गर्दा २१ जनालाई सिकल सेल रोग देखिएको छ ।

स्वास्थ्य कार्यालय, बाँकेले दश दिनदेखि त्यस क्षेत्रमा सिकल सेल तथा थाल सेमिया रोगको स्याम्पल जाँच गरिरहेको छ । कार्यालयले यो अवधिमा चार सय जनाको स्याम्पल जाँच गरिसकेको छ । त्यस मध्येमा एक सय ५० जनाको नतिजा आएको हो । बाँकीको नतिजा आउँदैछ । नतिजा आएकामध्ये ३१ प्रतिशतलाई रोग देखा परेको छ ।


भेरी अस्पतालमा सिकल सेल जाँचगर्ने ‘केमिकल’को अभाव रहेकाले फटाफट नतिजा आउन सकेको छैन् । गाउँबाट फटाफट स्याम्पल जाँच गरेर भेरी अस्पतालमा दिइए पनि केमिकल अभावले त्यसको नतिजा छिटो आउन सकेको छैन् । स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत नरेश श्रेष्ठले थारू समुदायमा सिकल सेल तथा थाल सेमिया भन्ने लुकेको समस्या धेरै रहेको बताए ।

बाँकेको कोहलपुरमा नगरपालिका आफैले सिकल सेल जाँच गरेको छ । कोहलपुर नगरपालिकाले नौ हजार मानिसको स्याम्पल जाँच गर्दा सात सयमा रोग देखा परेपछि उनीहरुको उपचार गरिरहेको छ । जिल्लामा कोहलपुर, राप्ती सोनारीसँगै बैजनाथमा थारू समुदायको बसोबास बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गेटामा चिकित्सा विश्वविद्यालय बनाउन सांसदको माग

३० जेष्ठ २०७९, सोमबार १४:३६
नेपालगञ्ज : कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कजेललाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुले माग गरेका छन् । सोमबार उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई मागसहित ज्ञापनपत्र बुझाएका हुन् । ‘विकास निर्माणको दृष्टिकोणबाट पछि पारिएको सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म स्वास्थ्य क्षेत्रतर्फ भरपर्दो आधार निर्माण हुन सकेको छैन । कैलालीमा निर्माणाधीन […]

सम्बन्धित