टरिगाउँ विमानस्थलको रिफिल उदघाटन

सदरलाइन संवाददाता २५ मंसिर २०७९, आईतवार १४:२८
 

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ टरिगाउँस्थित एयरर्पोटमा आइतबार रिफिल उदघाटन गरिएको छ । ६ महिनाअघिनै विमानस्थलको डिपोमा इन्धन राखिए पनि उदघाटन हुन सकेको थिएन ।

शनिबार उदघाटन गर्ने तयारी भएपनि काठमाण्डौबाट दाङ आउनका लागि एकजना पनि यात्रु नभएपछि जहाज दाङ आउन नसक्दा शनिबार उदघाटन गर्ने कार्यक्रम रोकिएको थियो ।


आज जहाज आएपछि रिफिल उदघाटन गरिएको नेपाल वायू सेवा निगम दाङका स्टेशन प्रमुख महेन्द्र शर्माले जानकारी दिए । उनकाअनुसार अनौपचारिक रुपमा रिफिलको उदघाटन भएको हो ।

दाङ–काठमाण्डौ हवाई भाडा न्यूनतम ८ हजार ८ सय १० छ भने अधिकतम १२ हजार ६ सय ६५ रहेको छ । काठमाण्डौभन्दा दाङ आउँदा भने यात्रुले दुई सय रुपैयाँ बढी तिर्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा मलको न्यून मौज्दात, अभाव हुने संकेत

२५ मंसिर २०७९, आईतवार १४:२८
नेपालगञ्ज : बाँकेमा हिउँदे सिजनका लागि तीन हजार मेट्रिक टन युरिया मलको आवश्यकता पर्छ । तर, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा गरी एक हजार मेट्रिक टनभन्दा कम युरिया मल मात्रै रहेको छ । यो मागको एक तिहाई मात्रै हो । बाँकेमा हालसम्म ९८२ मेट्रिक टन मल मात्रै आएको […]