नेपालगञ्ज म्याराथनको तयारी अन्तिम चरणमा

सदरलाइन संवाददाता १६ कार्तिक २०८०, बिहीबार १३:२७
 

नेपालगञ्ज : मंसिर ९ गते शनिबार आयोजना हुने नवौ धारा नेपालगञ्ज म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । यसवर्ष म्याराथनको नगद पुरस्कार राशीमा वृद्धि गर्न लागिएको आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ । केही सरप्राइज प्याकेज पनि घोषणा गरिनेछ । स्याराथनमा नगद पुरस्कारसम्बन्धि विस्तृत जानकारी चाँडै जानकारी गराइने छ ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र इन्द्र विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता ९५ मंसिर २०६३० स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगञ्ज म्याराथन आयोजना हुँदैआएको छ । सोही सम्झौतामार्फत मुलुकले शान्ति, विकास र समृद्धिको बाटोको यात्रा तय गरेको स्मरण गर्दै हरेक वर्ष ५ मंसिरमा नेपालगञ्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदैआएको छ ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौ धारा नेपालगञ्ज म्याराथनका लागि २०८० भदौ १ गतेदेखि नै खेलाडी दर्ता जारी राखिएको छ ।

नेपालगञ्ज म्याराथन एसोसिएशन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो । जापानको ओशाकामा भएको २३ औं सभामा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भाग लिएका थिए । यसले भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार हुने अपेक्षा छ । एम्सबाट ४२ १९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगञ्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगञ्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्दछ ।


यसवर्ष अघिल्लो वर्षमा चार विधा थप गरि विभिन्न १४ वटा विधामा स्पर्धा समावेश गरिएको छ । स्कुलस्तरीयमा बाह्य जिल्ला र स्कुलस्तरीय दौडमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग–अलग स्पर्धा गराइनेछ ।

प्रतियोगितामा पुरुषतर्फ म्याराथन ९४२/१९५ किमी, महिलातर्फ हाफ म्याराथन ९२१ किमी०, १० किमी पुरुष/महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन ९८ देखि १२ वर्ष उमेर समुह, ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको छ ।

स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलग अलग स्पर्धा गराइ पुरस्कृत गरिनेछ । त्यसैगरी, बाँके जिल्लाका हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग अलग दौड ९५ किमी सञ्चालन गरिनेछ । केएल दुगत, शिखदर प्लाई जस्ता उद्योगहरुले सुरुदेखि नै नेपालगनज म्याराथनलाई साथ दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्रपा बाँकेका नेता सफिक बेहना एमालेमा प्रवेश

१६ कार्तिक २०८०, बिहीबार १३:२७
नेपालगञ्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का युवा नेता मो. सफिक बेहना नेकपा एमालेमा प्रवेश गरेका छन् । राप्रपा बाँके निर्वाचन क्षेत्र नम्बर २ ख का सभापति समेत रहेका युवा नेता बेहनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गराएका हुन् । बेहनासँगै राप्रपाका अर्का नेता रवि बर्मा पनि […]

सम्बन्धित

ताजा अपडेट