नेपाल बैंकद्वारा कोहलपुरका मेयर, उपमेयरलाई शुभकामना

सदरलाइन संवाददाता २६ जेष्ठ २०७९, बिहीबार १७:४३
 

नेपालगञ्ज : नेपाल बैंक लिमिटेडको कोहलपुर शाखाले विहीबार कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य र उपमेयर सगिता सुवेदीलाई बधाई तथा शुभकामना प्रदान गरेको छ ।

शाखाका प्रवन्धक दिपकराज ओलीले खादा तथा अविर लगाएर बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिए । उक्त अबसरमा बोल्दै प्रबन्धक ओलीले कोहलपुर जस्ता उदाउँदो स्थानीय तहमा बित्तीय गतिविधिलाई प्रोत्साहन गर्न जनप्रतिनिधिको भुमिका महत्वपूर्ण हुने बताए । नियम अनुसार हुने कामलाई सहज र सरल बनाएर सेवाग्राहीलाई बैंकले सेवा प्रवाह गरिरहेको ओलीको भनाई छ ।


मेयर आचार्यले स्वरोजगार तथा उद्यम जस्ता गतिविधि बढाउने कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताए । अहिले नेपाल बैंक निक्षेप संकलन तथा कर्जा प्रवाहमा उत्कृष्ट रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिल्ला समन्वय समिति बाँकेमा ज्ञानेन्द्र चौधरी निर्वाचित

२६ जेष्ठ २०७९, बिहीबार १७:४३
नेपालगञ्ज : जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा नेपाली कांग्रेसका ज्ञानेन्द्र कुमार चौधरी निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश कुमार कुर्मीलाई पराजित गर्दै चौधरी प्रमुखमा निर्वाचित भएका हुन् । चौधरीले १३ मत र कुर्मीले ३ मत पाए । चौधरी यसअघि जिल्ला समन्वय समितिमा उपप्रमुख थिए । उनी […]