भारतमा बालबालिकामा खोपको परीक्षण शुरु

सदरलाइन संवाददाता २० जेष्ठ २०७८, बिहीबार ०९:१३
 

काठमाण्डौ : भारतले आफनै देशमा बनाएको कोभ्याक्सिन खोपको बालबालिकाहरुमा परीक्षण शुरु गरेको छ ।

पटनाका १२ देखि १७ वर्ष उमेर समूहका तीन जना बालबालिकालाई परीक्षणको रुपमा खोप दिइसकेको र उनीहरू स्वस्थ रहेको एम्स अस्पतालका कोभिड इन्चार्ज डा. सञ्जिव कुमारले बताए ।


आगामी महिना ५२५ जना बालबालिकामा खोपको परीक्षण गरिने छ । दोस्रो चरणमा पनि खोपको नकारात्मक असर नदेखिएमा तेस्रो चरणको खोप दिइने छ । त्यसको प्रभावकारिताको आधारमा खोप अनुमोदन गरिने छ ।

हालसम्म १८ वर्ष उमेरभन्दा माथिकालाई मात्र कोरोना खोप दिने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा १५४ जनामा कोरोना पुष्टि, ४० जना डिस्चार्ज

२० जेष्ठ २०७८, बिहीबार ०९:१३
नेपालगञ्ज : जिल्लाका तीनवटा प्रयोगशालामा बिहीबार थप १५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लामा केहि दिनदेखि निरन्तर संक्रमण दर घटिरहेको छ । कुल ४३२ नमुना परीक्षण गर्दा १५४ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितीले जनाएको छ ।भेरी अस्पताल प्रयोगशालामा ३१० नमूना परीक्षण गर्दा १२६ जना, […]