सदरलाइनडटकम,
कपिलवस्तु : कपिलवस्तुको शुद्धोधन गाउपालिका ६ बेलभरिया नजिकको नदीमा नुहाउँदा बेपत्ता भएका तीनैजनाको शव फेला परेको छ । तीजको दिन बेतिनदीमा नुहाउन पसेर बेपत्ता रहेका उनीहरूको शव मंगलबार फेला परेको हो ।
सोमवारदेखिनै खोजीकार्यलाई तीव्रता दिएसँगै मंगलवार बिहान बेचनप्रसाद कहारकी १५ वर्षीया छोरी तारा कहारको शव भेटिएको प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए । यस्तै मंगलवार दिउँसो घनश्याम रैदासकी ८ वर्षीया छोरी खुस्वु रैदास र कमलेस कोहारकी २५ वर्षीया पत्नी तारामति कोहारको शव पनि फेला परेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।
शव शुद्धोधन गाँउपालिका ६, मनखोरीयामा भेटिएका हुन् । नुहाउन खोलामा पसेका ५ जनामध्ये ३ जना डुबेका थिए । खोजी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो ।
