सुदूरपश्चिमका पहाडमा भूकम्पको धक्का

सदरलाइन संवाददाता २४ जेष्ठ २०७९, मंगलवार १४:५९
 

नेपालगञ्ज : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलवार दिउँसो १२ बजेर ५० मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्पको केन्द्रविन्दु बैतडीको दोगडाकेदार गाउँपालिका–७ देउलेक रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए ।


बैतडीसहित बझाङ, दार्चुला र भारतको पिथौरागढमा समेत धक्का महसुस गरिएको थियो । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । यसअघि गत वैशाख २८ र ६ गते पनि सुदूरपश्चिमका पहाडमा भूकम्प गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्व खाद्य स्वच्छता दिवश : खाने आनीबानीमा सुधार ल्याउन जोड

२४ जेष्ठ २०७९, मंगलवार १४:५९
नेपालगञ्ज : मानवको खाने आनीबानीमा सुधार ल्याउन नसकेका कारण मानव स्वास्थ्य दिनानु दिन जोखिममा पर्दै गएको एक कार्यक्रमका सहभागिले औल्याएका छन । खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय नेपालगञ्जले चौथो विश्व खाद्य स्वच्छता दिवश–२०२२ को बारेमा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रमका सहभागिले सो कुरा औल्याएका हुन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका […]