जवानमा याकुब कै नेतृत्व

२९ पुष २०७५, आईतवार २०:१८
 

सदरलाइनडटकम, 
नेपालगञ्ज : नेपाल जडिबुटी व्यवसायी संघको २० औ साधारण सभाबाट चौथो कार्यकालको लागि अध्यक्षमा मो. याकुव अन्सारी निर्वाचित भएका छन् ।
प्रदेश सांसद समेत रहेका अन्सारीले तेस्रो कार्यकलसम्म उपाध्यक्षको भूमिकामा रहेका शकिल अहमद जसगढलाई पराजित गर्दै उनी अध्यक्ष निर्वाचित भएका हुन । आईतबार दिउँसो भएको निर्वाचनपछि सम्पन्न भएको मतगणना अनुसार अन्सारीले चौथो कार्यकालको लागि ९८ मत पाई विजयी हुँदा जसगढले ६१ मत ल्याएका थिए ।
यस्तै उपाध्यक्ष पदमा हाजी मो. युनुस हल्वाई निर्वाचित भएका छन् । उनले ८५ मत ल्याई निर्वाचित भए भने मानबहादुर ओलीले ७३ मत ल्याएका थिए ।
संघको महासचिव, कोषाध्यक्ष र कार्यसमितिमा भने निर्विरोध भइसकेको थियो । अध्यक्ष र उपाध्यक्षमा सर्बसम्मती नभएपछि आईतबार दिउँसोबाट निर्वाचन भएको थियो ।
नव निर्वाचित कार्यसमितिमा अध्यक्ष मो. याकुव अन्सारी, उपाध्यक्ष हाजी मो. युनुस हल्वाई, महासचिव मो. रहीस हलवाई, कोषाध्यक्ष मो. असलम हलवाई रहेका छन् । कार्यसमिति सदस्यहरुमा,मो. सदाव हल्वाई, हफिजुर रहमान अन्सारी, सन्तोषकुमार बर्मा, अख्तर अलि हल्वाई, मो ईद्रिस हल्वाई, मो. समिम हल्वाई, मो. आजम हल्वाई निर्वाचित भएका छन् । फाटो : समाजिक सञ्जालबाट

Next Post

२९ पुष २०७५, आईतवार २०:१८