प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री आचार्यद्धारा शपथ ग्रहण

सदरलाइन संवाददाता १० भाद्र २०७८, बिहीबार १४:२७
 

नेपालगञ्ज : नेकपा एमाले प्रदेश १ को संसदीय दलका नेता भीम आचार्यले मुख्यमन्त्रीको सपथग्रहण गरेका छन्। प्रदेश प्रमुखले मुख्यमन्त्री आचार्यलाई सपथग्रहण गराएका हुन् ।

नेता शेरधन राईले राजीनामा दिएलगत्तै आचार्य मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेतामा आचार्य नियुक्त भएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।


बिहीबार बिहानै बसेको संसदीय दलको बैठकले नेता आचार्यलाएइै दलको नेता चयन गरेको थियो। एमाले विभाजनको क्रममा माधव नेपालको साथ छाडेको नेता आचार्यले मुख्यमन्त्री उपहार पाएका छन् । एमाले विभाजनअघि नेता आचार्य नेता नेपाल निकटका थिए ।

प्रदेश १ मा हाल ९२ जना सांसद छन् । सरकार बनाउन ४७ जना सांसद आवश्यक पर्दछ । मालेसँग ५१ सांसद छन् । तर, नेता नेपाल समूहले साथ छोड्नासाथ आचार्य नेतृत्वका सरकारको बहुमत गुम्ने निश्चित हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नर्सका कारण भेरी अस्पतालमा उत्पन्न समस्या टुंगियो

१० भाद्र २०७८, बिहीबार १४:२७
नेपालगञ्ज : भेरी अस्पतालमा नर्सको गल्तीका कारण उत्पन्न समस्या सहमतिमा टुंगिएको छ । खजुरा गाउँपालिकास्थित सिमलघारीकी चन्द्रा विकले ९ दिन अघि जन्माएको शिशुको मृत्युलाई लिएर लफडा भएको थियो । बुधवार परिवारले शव बुुझेर अन्तिम संस्कारका लागि मानखोला लगेका थिए । सतगद गर्नेक्रममा शिशुको दाँया हातमा गीता चौधरी र बाँया हातमा […]