महाशिवरात्रीमा लागूऔषधको लतलाई शिवमा समर्पित गरौं : ब्रह्माकुमारी दुर्गा

सदरलाइन संवाददाता १० फाल्गुन २०७८, मंगलवार १८:१०
 

नेपालगन्ज : गाँजा भाँङ सेवन गर्ने नभएर महाशिवरात्रीलाई आफ्नो लागूऔषध दूर्व्यसनको लतलाई शिवमा समर्पित गरेर कुलत मुक्त हुनुपर्ने ब्रह्माकुमारी दुर्गाले बताएकी छन् ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल क्षेत्रीय कार्यालय नेपालगन्जले मंगलबार नेपालगन्जमा पत्रकारबीच आयोजना गरेको स्नेह मिलन कार्यक्रममा ब्रह्माकुमारी दुर्गाले भगवान शिव पनि भाँङ धतुरो खाएर नशामा डुब्नेवाला नभएर भक्तजनलाई दूर्व्यसनबाट मुक्ति दिलाउन ग्रहण गरेको जिकिर गरिन् ।


‘यो शिवरात्रीमा हामी लागू पदार्थ दूर्व्यसन तथा गाँजा भाङ आदि नशालु वस्तुहरुको सेवनलाई न्यूनिकरण गर्न र रचनात्मक रुपमा मनाउने सन्देश दिन बाँके र बर्दियामा शिव दर्शन आध्यात्मिक झाँकी र र्यालीको आयोजना गर्दैछौं,’–उनले भनिन् ।

परमात्मा शिव अवतरणको ८६औं महाशिवरात्रि महोत्सवको अवसरमा ब्रह्माकुमारीले ११ फागुनदेखि १७ फागुनसम्म ७ दिनसम्म बाँकेको फत्तेपुर, बिनौना, नरैनापुरबाट सुरु भएर बर्दियाका विभिन्न स्थानहुँदै नेपालगन्ज सम्मको शिवदर्शन आध्यात्मिक झाँकी, र्याली तथा शिवध्वजारोहरण तथा प्रवचन कार्यक्रम र आध्यात्मिक चेतनामूलक चित्र प्रदर्शनी गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ठाकुरबाबामा दशवर्षे शिक्षा योजनाको अन्तिम मस्यौदा तयारी कार्याशाला शुरु

१० फाल्गुन २०७८, मंगलवार १८:१०
बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिकाले निर्माण गर्नका लागेको दश वर्षे शिक्षा योजनामाथिको अन्तिम मस्यौदा तयारी कार्याशाला शुरु भएको छ । ९ गते नगर क्षेत्रका शिक्षा क्षेत्रका व्यहिरुको सहभागितामा गरिएको कार्यशालामार्फत प्राप्त सुझाव कार्यान्वयन गर्न मस्यौदा निर्माण कार्यदल गठन बनाएर मस्यौदा तयारी कार्यशाला शुरु भएको हो । तीन दिने कार्यशालाले दश […]

सम्बन्धित