डुडुवाको सातौं गाउसभा सम्पन्न

११ असार २०७७, बिहीबार १५:२३
 

सदरलाइनडटकम,
डुडुवा (बाँके : बाँके डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०७७/०७८को लागि आफ्नो नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको सातौ गाउँसभाले दुई वटा विधियेक, ३६ बुंदे नीति तथा कार्यक्रम र करिब साढे ५६ करोड बढीको बजेट सार्वजनिक गरेको हो ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले कोभिड–१९ को महामारीबिरुद्ध समेत लक्षित गरि शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बाताबरण, विकास निमार्ण लगायतका ३६ बुंदे महत्वपुर्ण निती तथा कार्यक्रम प्रस्तुत गरेका हुन ।

गाउँपालिकाको १ नंं. देखि ६ नंं वडामा क्रमशः सडक विस्तार र स्तरोन्नती, १५ शैयाको अस्पताल निमार्ण, फोहरमैलाको व्यवस्थापन तथा प्लाष्टिकजन्य बस्तुको व्यवस्थापन, प्राकृतिक तथा धार्मिक स्थल तथा पर्यटन क्षेत्रको संरक्षण, गुणस्तरिय शिक्षा, कृषि उत्पादन, पशु तथा व्यवसायिक खेती प्रबद्र्धन घरघरमा भत्ता वितरण, जेष्ठ नागरिक एकल महिला, तथा पिछडिएको वर्गका लागि विशेष कार्यक्रम, गाउँपालिकामा ग्राम उद्योगको स्थापनाको पहल, हेलीप्याड निमार्ण, एफएम सञ्चालनको सम्भाव्यता अध्ययन, घरघरमा स्वास्थ्य, घरघरमा एसइइ, घरदैलोमा पशु सेवा तथा उपचार, कन्या मुद्दती शिक्षा योजना लगायत कार्यक्रम अध्यक्ष चौधरीले प्रस्तुत गरे ।


यसैगरि अध्यक्ष चौधरीले आर्थिक बर्ष २०७७/०७८ का लागि रु ५६ करोड ५७ लाख ५ हजार ३ सय ४४ को बजेट प्रस्तुत गरे । संघिय सरकार, प्रदेश सरकार गाउँपालिकाको आन्तरिक स्रोत अन्र्तगत बजेट विनियोजन गरिएको हो ।

सभामा विधायन समितिका संयोजक तथा कार्यपालिका सदस्य लिलावती यादवले डुडुवा गाउँपालिकाको विनियोजन विधियेक २०७७ र डुडुवा गाउँपालिकाको आर्थिक विधियेक २०७७ प्रस्तुत गरेका हुन । प्रस्तुत दुई वटा विधेयक र निति, कार्यक्रम र बजेट सभाबाट सर्बसम्मत रुपमा पारित गरिएको थियो ।

गाउँसभा सचिव तथा प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले संचालन गर्नुभएको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वरी कुर्मी, गजेन्द्र कैराती, भण्डारीलाल यादव, सगिर खाा, प्रशुराम बुढाथोकी र मोहनराम मिश्र, वडासदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो । कोरोना संक्रमण कोभिड १९ को बेला सामाजिक दुरी कायम गरि स्वास्थ्य सुरक्षा अपनाएर गाउँसभा बसेको हो ।

Next Post

बर्दिया र रुकुममा थप ७ जनामा कोरोना पुष्टि

११ असार २०७७, बिहीबार १५:२३
सदरलाइनडटकम, नेपालगञ्ज : बर्दिया र रुकुमका थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालगञ्जस्थिते भेरी अस्पतालको प्रयोगशालामा बिहीवार गरिएको परीक्षणमा बर्दियाका ६ र रुकुमका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बर्दियाका नयाँ संक्रमितहरुमा २५ वर्षीय एक महिलासहित ३, २०, २८ र ३० वर्षीय ४ पुरुष र एउटा […]

सम्बन्धित