नरैनापुर गाँउपालिकामा आइतबारदेखि सनराईज बैंकको सेवा सुरु

७ माघ २०७४, आईतवार १९:३४
 

सदरलाइनडटकम 
७ माघ, नेपालगन्ज  : बाँकेको विकट क्षेत्रको रुपमा परिचय पाएको बघौडा क्षेत्रमा नयाँ बैंकका शाखाहरु स्थापना हुन थालेका छन् । नरैनापुर गाँउपालिकामा आर्इतबार सनराईज बैकले शाखा स्थापना गरी आफ्नो सेवा सुचारु गरेको जनाएको छ ।
सो बैंकको शाखा नरैनापुर गाउपालिकाका अध्यक्ष इस्तीयाक अहमद शाह ‘शम्भु मियाँ’ र नेपाल राष्ट्र बैकं नेपालगन्जका मुख्य व्यवस्थापक गुरुप्रसाद पौडेले रिवन काटेर संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
बैंकको शाखा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैकका मुख्य व्यवस्थापक गुरुप्रसाद पौडेलले निकै बिकट क्षेत्रको रुपमा चिनिएको नरैनापुर गाँउपालिकामा जनताको माग बमोजिम सेवा दिन आएकोमा आफुलाई खुशी लागेको बताउदै बैकको शाखालाई गाउँगाउँमा पुर्याउदै वित्तिय पहुच पुर्याउने बैकको लक्ष्य बमोजिम नरैनापुरमा बैक स्थापना गरेको बताए ।
सो शाखाबाट निक्षेप संकलन सहज र सरल रुपमा कर्जा प्रवाहको साथमा एसएमएस बैकिङ्ग, सुनधितोमा कर्जा सुविधा, लघुवित्त सेवा, रेमिट्यान्स सेवासहितको पूर्ण बैकिगं सेवा संचालनमा ल्याएको पौडेलले जानकारी गराए ।
यसैगरी नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तीयाक अहमद शाह ‘शम्भु मियाँ’ ले आफूले नरैनापुर गाँउपालिकाको विकासका लागि मरिमेटेर काम गर्दै यसलाई विकासको नमूना क्षेत्र बनाउन संकल्प लिएको बताए ।
शाहले बैकिंग कारोबारको समस्याबाट जनता मुक्त गर्न सफल भएको बताउदै उनले कृर्षिको आधुनिकिकरण, विकासका अधुरा काम पुल, कर्भट निर्माण पुरा हुने, बाटोहरु पिच हुने, शुद्ध खानेपानीको प्रवन्ध हुने, विद्युतको ब्यवस्थित वितरण हुने, ट्रान्समिटर राखेर विद्युत सप्लाई सहज वनाइने आफ्नो मुख्य काम भएको बताए ।
उनले सडक निमार्णका लागि ठेक्का दिई सकेको बताउदै ५ वर्षभित्र सबै बाटोहरु कालोपत्रे गर्ने समेत दाबी गरे । बैक उदघाटन कार्यक्रममा जनप्रनिधिहरु, सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीय जनताको सहभागिता रहेको थियो ।

Next Post

बुम रेमिट छात्र क्रिकेट प्रतियोगिताको तयारी सकियो

७ माघ २०७४, आईतवार १९:३४
सदरलाइनडटकम   ७ माघ, कोहलपुर (बाँके) : बुम रेमिटद्वारा प्रायोजित विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता कोहलपुरमा संचालन हुने भएको छ । मध्यपश्चिम क्रिकेट क्लबको आयोजनामा यहि माघ ९ गतेबाट जिल्लास्तरीय ‘बुम रेमिट छात्र क्रिकेट प्रतियोगिता’ संचालन हुने भएको हो । प्रतियोगिताको तयारीका बारेमा जानकारी दिदै सो प्रतियोगिता निर्देशक तथा राष्ट्रिय क्रिकेट टिमका पूर्व […]