‘ठूला होटलले अनुमति नलिई सिसिटिभि क्यामेरा राखेको पाईयो’

१३ माघ २०७५, आईतवार १९:२२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : के तपाईले आफ्नो घर तथा व्यावसायिक प्रतिष्ठानमा सिसिटिभि क्यामेरा जडान गर्न जिल्ला प्रशासान कार्यालयबाट अनुमति लिएर प्रकृया पुराउनु भएको छ ? यदी छैन भने प्रकृया पुरा गरी अनुमति लिनुहोस किनकी जिल्ला प्रशासन कार्यालय बाँकेले अनुमति लिए नलिएको अनुगन गर्न सुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आईतबारदेखि बाँकेका ठूला होटलबाट सुरु गरेको सिसिटिभि क्यामेराको अनुगमनका क्रममा अधिकांश ठूला होटलले सिसिटिभि क्यामेरा राख्नको लागि अनुमति नलिई जडान गरेको पाईएको हो ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्याल सुरेश विकको नेतृत्वमा गएको अनुगमनको टोलीले होटल सोल्टी, सिद्धार्थ भ्यू, सिटि प्यालेस, ग्यालेक्सी दरबार, सिग्नेट, स्नेहा र किचेनहटमा अनुगमन गर्दा नेपालगञ्जको किचनहटले मात्र सिसिटिभि क्यामेरा राख्न अनुमति लिएको पाईएको सहायक प्रजिअ अर्यालले जानकारी दिए ।
होटल सोल्टी पूर्व राजा ज्ञानेन्द्रको लगानी रहेको होटल हो भने स्नेहा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सञ्चालन गरेको होटल हो । ‘सानो भन्दा ठूलोबाटै कडाई गर्न सुरु गरौ भनेर नेपालगन्जमा सञ्चालनमा रहेका ठूला होटलबाट सुरु गरेको होटल किचेनहटले मात्र अनुमति लिएको पाईयो अरुलाई ७ दिन भित्र अनुमति लिई सक्ने गरी सचेत बनाएर छाडेका छौ’– सहायक प्रजिअ अर्यालले भने । उनले सिसिटिभि राख्नको लागि अनुमति लिएकोले पनि अपनाउनु पर्ने सामान्य प्रकृया पनि पुरा नगरेको पाईएकोले उनीहरुलाई सचेत बनाईएको जानकारी दिए ।
उनले सिसिटिभि क्यामेरा राख्ने अनुमति लिएकाले कम्तिमा पनि ९० दिनसम्मको फुटेज सेभ गरेर राख्नु पर्ने, तपाई सिसिटिभि क्यामेराको निगरानीमा हुनुहुन्छ भन्ने जस्ता सूचना स्पष्ट देखिने गरी राख्नु अनिवार्य भएपनि १० दिन भन्दा पुरानो फुटेज सेभ नभएको र सुचना पनि नराखिएको पाईएकोले उनीहरुलाई सचेत बनाईएको बताए ।
उनले दिएको जानकारी अनुसार बाँकेमा ३८ वटा संस्थाले मात्र सिसिटिभि राख्नको लागि अनुमति लिएको छ । उनले सोमबार नेपालगन्जमा सञ्चालनमा रहेका सरकारी तथा प्राईभेट विभिन्न बैंकहरुमा राखिएको सिसिटिभिको अवस्थाको बारेमा अनुगमन गर्दै नियमन गर्ने बताए ।

Next Post

कलबाईपास गर्ने उपकरणसहित भारतीय नागरिक पक्राउ

१३ माघ २०७५, आईतवार १९:२२
सदरलाइनडटकम, नेपालगञ्ज : इलाका प्रहरी कार्यालय, जमुनहा बाँकेको टोलीले कल बाइपास गर्ने उपकरणसहित एक भारतीयलाई पक्राउ गरेको छ । नेपालगञ्जबाट भारततर्फ जाँदै गरेका भारत मध्य प्रदेश जवलपुरका ओरुब चटर्जीलाई सो उपकरणसहित सोमबार दिउसो पक्राउ गरेको हो । प्रहरीले चटर्जीको साथबाट प्रहरीले कल बाइपास गर्ने उपकरण, एनसेलको १० र एनटिसीका दुई […]

सम्बन्धित

ताजा अपडेट