अपांगता भएका ब्यक्तिलाई सहयोग प्रदान

सदरलाइन संवाददाता ४ असार २०७८, शुक्रबार १६:३०
 

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले अपांगता भएका ब्यक्तिहरुलाई शुक्रबार सहायक सामग्री वितरण गरेको छ । उपमेयर उमा थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २ वटा ट्राई साईकल, २ वटा वाकर, ४ वटा ह्विल चेयर, एउटा बैशाखी र १२ वटा सेतो छडी सहयोग गरिएको हो ।

नेपालगञ्ज उप–महानगरपालिकाको सहयोगमा अपांग सशक्तिकरण तथा संचार केन्द्रको सहजिकरणमा नेपालगञ्ज नगरस्तरीय अपांगता सञ्जालले गरेको सो कार्यक्रममा अपांगता परिचय पत्र व्यवस्थापनका लागि डिजिटलाईजेसन प्रिन्टर मेसिन र कार्ड समेत उपलब्ध गराइएको छ ।


सञ्जालका अध्यक्ष गोकर्ण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाह, राष्ट्रिय अपांग महासंघका केन्द्रीय सचिव भावुकजंग थापा, प्रदेश अध्यक्ष देबीदत्त आचार्य लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ३६ जनामा कोरोना पुष्टि

४ असार २०७८, शुक्रबार १६:३०
नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १ सय २५ नमुना नमुना परीक्षण गरिएकोमा ३६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल प्रयोगशालमा ७२ नमुना परीक्षण गर्दा ३४ जना, मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा ३८ […]

ताजा अपडेट