पहिरोबाट एकै परिवारका तीन जनाको मृत्यु

सदरलाइन संवाददाता ६ आश्विन २०७८, बुधबार १३:१९
 

गुल्मी : पहिरोमा गुल्मीमा परि एकै परिवारका तीन जन दिदिबहिनीको मृत्यु भएको छ । मंगलवार रातीदेखि परेको अविरल बर्षाका कारण गुल्मीमा पहिरा आएर घर पुरिँदा उनीहरुको मृत्यु भएको हो ।

गुल्मीकोको रेसुङ्गा नगरपालिका ८ थुम्काका तिलक परियारको घर पहिरो पुरिँदा उनकी २१ वर्षीया छोरी भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गङ्गा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले गुल्मीले जानकारी दिएको छ ।


पहिरो आई घर पुरिँदा एउटै कोठामा सुतिरहेका उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पुरिएकाको शव स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीले बाहिर निकालेका छन् ।

शवलाई अहिले परीक्षणका लागि गुल्मी अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ । तिलक, उनकी श्रीमती र अर्की छोरी भने सुरक्षित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा बस दुर्घटना हुँदा १२ जना घाइते

६ आश्विन २०७८, बुधबार १३:१९
सुर्खेत : सिम्ता गाउँपालिका–४ बजेडी चौरमा बस दुर्घटनामा परी १२ जना घाइते भएका छन् । सिम्ताको देउली बजारबाट जामुने आउँदै गर्दा बुधबार बिहान करिब साढे १० बजे बस दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना ७ ख ६०६३ नम्बरको बस ब्रेक फेल भई सडकबाट करिब […]