गणतन्त्र दिवसका अवसरमा बागेश्वरी मन्दिरको सरसफाई

सदरलाइन संवाददाता १५ जेष्ठ २०७९, आईतवार १७:१७
 

नेपालगञ्ज : गणतन्त्र दिवसका अवसरमा नेपालगञ्जस्थित बागेश्वरी मन्दिरको सरसफाई गरिएको छ । गणतन्त्र दिवसका अवसरमा नेपालगञ्ज उपमहानगरपालिका कार्यालयसँगको सहकार्यमा द होप नामक संस्थाको आयोजनामा आज बिहान बागेश्वरी मन्दिर क्षेत्र सरसफाई गरिएको हो ।

उक्त कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दीन राईसहित विभिन्न वडाका वडाध्यक्ष एवम् सहभागीहरुले झाडु लिएर बागेश्वरी मन्दिर प्राङ्गणको सरसफाई गरेका थिए ।

सरसफाई कार्यक्रममा आयोजक संस्था द होपका सदस्यहरु, विभिन्न क्षेत्रका अगुवा, समाजसेवी, युवा, बिद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.

Next Post

नदीमा डुबेर २ बालकको मृत्यु

१५ जेष्ठ २०७९, आईतवार १७:१७
कैलाली : धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदीमा डुबेर दुई बालकको आइतबार मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए। चटकपुर–राजघाट जोड्ने पुलको मुनतिर नदीमा नुहाउने क्रममा डुबेर दुवै बालकको मृत्यु […]

सम्बन्धित