एमाले बाँकेले निर्वाचन केन्द्रित कार्यक्रम गर्ने

सदरलाइन संवाददाता ३० श्रावण २०७९, सोमबार १३:५१
 

नेपालगञ्ज : नेकपा एमाले बाँकेले निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

नेकपा एमाले बाँकेको आईतवार सम्पन्न सचिवालय बैठकले प्रदेश तथा क्षेत्रीय कमिटीको बैठक र जिल्लास्तरीय प्रशिक्षण गर्ने निर्णय गरेको पार्टी अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिएका छन् ।

कार्यत्रलम अनुसार, केन्द्रीय सदस्य एवम् बाँके इन्चार्ज सूर्य ढकालको प्रमुख आतिथ्यमा भएको वैठकले साउन ३१ गते खजुराको मिनीपार्कमा जिल्लास्तरीय प्रशिक्षण गर्ने निर्णय गरेको छ । केन्द्रीय सदस्य, केन्द्रीय आयोग, प्रदेश पदाधिकारी तथा सदस्य, जिल्ला पदाधिकारी तथा सदस्य, जनसंगठनका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, केन्द्रीय विभाग सदस्य तथा प्रदेश विभाग सदस्य, जिल्ला सल्लाहकार, जेष्ठ कम्यूनिष्ट मञ्चका पदाधिकारी प्रशिक्षणमा सहभागि हुनेछन् ।


पार्टी केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली, केन्द्रीय सचिव एवम् पार्टी प्रदेश इन्चार्ज छविलाल बिश्वकर्मा, सहइन्चार्ज लिला गिरी, बाँकै इन्चार्ज सूर्य ढकाल, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेललगायतका नेताले प्रशिक्षण दिने अध्यक्ष कक्षपतिले बताएका छन् ।

वैठकले तीन वटै क्षेत्रीय कमिटीको बैठक भदौ ५ गते , सबै प्रदेश क कमिटी बैठक भदौ ६ गते र सबै प्रदेश ख कमिटी बैठक भदौ ७ गते गर्ने, भदौ १ देखि १५ गतेसम्म वडा कमिटीहरुको बैठक, सदस्यता नविकरण,नयाँ सदस्यता वितरण, अखिल, अनेमसंघ, राष्ट्रिय युवा संघ, नेपाल उत्पीडित जातिय मुक्ति समाज र अनेकिसंघ, वडा कमिटीहरु गठन तथा बैठक गरिसक्ने र संगठन विभागले तयार गरि जारी गरेको संगठित सदस्यको परिवारीक विवरण भरी सक्ने लगायतका निर्णय गरिएको बताइएको छ ।

वैठकमा केन्द्रीय सदस्य एवम् बाँके सहइन्चार्ज मोहम्मद हारुन हलवाई, शान्ति ढकाल, पशुपतिदयाल मिश्र, केन्द्रीय अनुशासन विभाग सदस्य देवराज भार लगायत प्रदेश कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रोपाई गर्न नपाउँदा नरैनापुरका किसान चिन्तित

३० श्रावण २०७९, सोमबार १३:५१
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा बर्षात नहुँदा धान रोपाई प्रभावित भएको छ । सिँचाइको व्यवस्था नभएका कारण आकाशे पानीको भरमा धानखेती गर्दै आएका नरैनापुरका किसान अहिलेसम्म पनि रोपाई गर्न नपाउँदा चिन्तित भएका छन् । स्थानीयवासी सोहनलाल यादवले नरैनापुर क्षेत्रमा पर्याप्त बर्षात नभएका कारण अहिलेसम्म करिब १५ प्रतिशत मात्र धान […]