नेपालगञ्ज : १५ औ गणतन्त्र दिवशको अवसर पारेर बाँकेको नेपालगञ्ज कारागारका २१ कैदीको कैद सजाय मिनाहा गरिएको छ । जेठ १५ गते गणतन्त्र दिवसको अवसर परेर नेपालगञ्ज कारागारमा रहेका २१ कैदीको सजाय मिनाहा गरिएको हो ।
नेपालगञ्ज कारागारका जेलर रामकुमार सोनकरका अनुसार, सजाय मिनाहाका लागि २५ जनाको नाम सिफारिस गरी पठाइएकोमा २१ जनाको कैद सजाय मिनाहा भएको छ । उनीहरुलाई आजै आइतबार कानुनी प्रक्रिया पुरा गरि रिहा गरिने तयारी गरिएको जेलर सोनकरले बताए ।
सरकारले विभिन्न दिवसको अवसर परेर आचरण सुध्रिएका, आधा भन्दा बढि सजाय कटिसकेका व्यक्तिको सजाय मिनाहा गर्ने गर्दछ ।