विकासका लागि सडकमा उत्रन धुर्मुस सुन्तलीको सुझाव

३ पुष २०७३, आईतवार १२:०९
 

सदरलाइनडटकम   
३ पुस, नेपालगन्ज : धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले राजनीतिक परिवर्तनको लागि पटक–पटक सडकमा उत्रेपनि अव भने मुलुकको विकासको लागि सडकमा उत्रनु पर्ने बेला आएको बताएका छन् ।
फाउण्डेशनले नेपालगन्जमा आयोजना गरेको पत्रकार अन्तरक्रियामा बोल्दै उनले सो कुरा बताएका हुन । उनले भने–‘ राजनीतिक परिवर्तनको लागि हामीले धेरै सडक संघर्ष ग¥यौ तर, अव भने समग्र मुलुकको विकासको लागि संघर्ष गर्न आवश्यक छ । राजनीति धेरै भयो अव विकास पनि गरौ भन्ने हामीलाई लागेको छ ।’
चर्चित हाँस्य कलाकार समेत रहेका कट्टेल नेपालगन्जमा बालमैत्री नेपाल बनाउने अभियानलाई सघाउ पु¥याउने उद्देश्यले निर्माण गरिएको चलचित्र ‘ज्योति’ को प्रदर्शनका लागि नेपालगन्ज आएका हुन ।
उनले यतिबेला सबै नेपाली राष्ट्रियताको लागि स्वतन्त्र नागरिक भएर अघिबढ्नु पर्ने बेला आएको कुरामा जोड दिदै दुई वर्ष हुँदा पनि भुकम्प पीडितले आवास पाउन नसकेको कारण आफुहरुले राष्ट्र निर्माणमा केही योगदान पु¥याउने उद्देश्यले धुर्मुस सुन्तली फाउण्डेशन सञ्चालनमा ल्याएको बताए ।


कार्यक्रममा बोल्दै कलाकार तथा फाउण्डेशनकी कुञ्जना घिमिरे (सुन्तली) ले कलाकारले पनि राष्ट्रनिर्माणमा केही गर्न सक्छन भन्ने सन्देश दिनको लागि आफुहरुले भुकम्प पीडितको लागि सुरक्षित आवास निर्माणमा लागेको बताईन ।
उनीहरु दुबैले भने–‘हाम्रो ध्यय यतिबेला राष्ट्रनिर्माणमा छ । हामी विभिन्न ठाउमा विभिन्न माध्यमबाट जोडिन चाहान्छौ बाँकेृको समग्र विकासमा हामी सहभागिता खोजेका छौ यसमा तपाई सम्पूर्ण सञ्चारकर्मीहरुले सहयोग र साथ दिनु प¥यो ।’
नेपाल सरकारका सरसफाई दूत समेत रहेका उनीहरु ज्योती चलचित्र बालमैत्री बतावरणको लागि निर्माण गरिएको र बालमैत्री नगर, गाविस र जिल्ला बनाउने अभियानको अभियन्ताको रुपमा नेपालगन्ज आईपुगेका हुन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानव बेचबिखन बिरुद्ध दुई दिने अन्तरदेशिय कार्यशाला नेपालगन्जमा सुरु

३ पुष २०७३, आईतवार १२:०९
सदरलाइनडटकम,   ३ पुस, नेपालगन्ज : मानव बेचविखन बिरुद्धको दुई दिने अन्तरदेशिय कार्यशाला नेपालगन्जमा सुरु भएको छ । नेपाल–भारतका अधिकारी तथा सो क्षेत्रमा क्रियाशिल नागरिक अगुवाहरुको सहभागिता रहेको कार्यशालाले दुईदिनमा यो क्षेत्रको चुनौती तथा संभावनाहरुको खोजि गर्ने बताईएको छ । मानव बेचबिखन बिरुद्धको जिल्लास्तरिय समितिको निर्णय र माईती नेपालको आयोजनामा शुरु […]

सम्बन्धित