नदीजन्य पदार्थ विक्रि वितरणमा रोक

सदरलाइन संवाददाता ७ मंसिर २०७७, आईतवार १७:३१
 

नेपालगञ्ज : जिल्ला प्रशासन कार्यालय, बाँकेले खोला तथा नदीजन्य पदार्थ उत्खनन् एवम् विक्रि वितरणमा रोक लगाएको छ । गृहमन्त्रालयको निर्देशनमा बाँके प्रशासनले ७ मंसिरदेखि लागु हुने गरि खोला तथा नदीजन्य पदार्थ उत्खनन्, भण्डारण तथा विक्रि वितरण नगर्न नगराउन उर्दी जारी गरेको छ ।


गृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकको निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको पत्रानुसार जिल्लामा गठित जिल्ला अनुगमन समितिले क्रस उद्योग तथा बालुवा प्रशोधन उद्योगको अनुगमन एवम् मौज्दात नाप जाँच कार्य गरिरहेकोले ७ मंसिरदेखि लागू हुने गरि जिल्लाको कुनै पनि नदी वा खानीबाट ढुंगा, बालुवा, गिट्टी उत्खनन्, संकलन कार्य तथा घाटगद्दी एवम् उद्योगमा रहेको मौज्दात ढुंगा, गिट्टी, बालुवाको विक्रि वितरणमा समेत रोक लगाइएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जारी गरेको सूचनामा उल्लेख छ ।

Next Post

बाँकेमा सोमवार २६ जना डिस्चार्ज

७ मंसिर २०७७, आईतवार १७:३१
नेपालगञ्ज : बाँकेमा सोमवार २६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १३ पुरुष र १३ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ५ सय ३० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए […]