‘चुन्ना’ उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य निर्वाचित

सदरलाइन संवाददाता ३० चैत्र २०७९, बिहीबार १४:०९
 

नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना) नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् । उनले ७० मतका साथ बिजय हासिल गरेका हुन ।

बुवाको पद्चाप पछ्याउँदै चुन्ना नेपालगन्जमा बिस वर्षदेखि व्यवसायीक क्षेत्रमा सक्रिय छन् । अजिज किराना स्टोरका प्रोपराईटर चुन्ना व्यवसायीक संगसंगै सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहँदै आएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघमा २ कार्यकाल कार्यसमिति सदस्य, एक कार्यकाल उपाध्यक्ष र अहिले बरिष्ठ उपाध्यक्ष रहेका चुन्ना नेपालगन्ज किराना तथा खाद्यान व्यवसायी संघको २०६३ सालदेखि हालसम्म नेतृत्वदायी भूमिकामा छन् ।


त्यस्तै नेपाल बितरक महासंघमा पूर्व कार्यसमिति सदस्य, नेपालगन्ज बितरक संघमा सदस्य हुनुहुन्छ भने लायन्स क्लव सिद्धी बिनायकको पूर्व अध्यक्ष समेत भई बिभिन्न अनुभव सङ्गालेका प्रतिष्ठित, उर्जावान , जुझारु युवा व्यवसायी हुन ।

नेपालगन्जको उद्योग व्यवसाय अहिले धरमरको अवस्थामा छ । अर्कोतर्फ सरकारले ल्याएका नयाँ नयाँ कर प्रणालीहरु अव्यवहारिक र झञ्झटिलो बन्दा उद्योगी, व्यवसायी मर्कामा परेका छन् । यस्तो परिस्थितीमा सिङ्गो बाँके र यहाँका उद्योगी, व्यवसायीले संघमा बलियो नेतृत्व खोजिरहेका छन् । जुनसुकै ठाउँमा निडर र निसंकोच मानेर व्यवसायीक हकहितका सवाललाई स्पष्ट राखेर समस्या समाधानको पहल गरिरहेको चुन्नाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रीय युवा संघको अध्यक्षमा थेवे चयन

३० चैत्र २०७९, बिहीबार १४:०९
नेपालगञ्ज : नेकपा (एमाले) सम्वद्ध राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेवे निर्वाचित भएका छन् । चैत २७ गतेदेखि नेपालगञ्जमा जारी महाधिवेशनले बिहीवार सर्वसम्मत नेतृत्व चयन गरेको हो । युवा संघको केन्द्रीय कमिटीका बाँकेका खेमराज शर्मा लुम्विनी प्रदेश सचिवमा निर्वाचित भएका छन् । युवा संघका पुर्व अध्यक्ष तथा एमाले नेता […]

सम्बन्धित