नेपालगञ्जमा कांग्रेससहित गठबन्धनको संकल्प पत्र सार्वजनिक

सदरलाइन संवाददाता २१ बैशाख २०७९, बुधबार १६:२१
 

नेपालगञ्ज : नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारको संकल्प पत्र सार्वजनिक गरिएको छ । नेपालगञ्जमा बुधबार एक समारोहका बीच प्रमुख अतिथी एवम् नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर, कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, नेकपा (एकिकृत समाजवादी)का केन्द्रिय सदस्य अशोक कोइराला, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, कांग्रेसका लुम्बिनी प्रदेश सदस्य, जिल्ला, क्षेत्र, प्रदेश सभाका पदाधिकारी, नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहागरपालिकाका उपाध्यक्ष तारा खत्री, राष्ट्रिय जनमोर्चाका जगदिश ढकाल, नगर प्रमुख पदका उम्मेदवार प्रशान्त बिष्ट, उपप्रमुख पदका उम्मेदवार कमरुद्दीन राई लगायतले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

“पाँच वर्ष, पाँच संकल्प” भन्ने मुल नाराका साथ उक्त संकल्प पत्रमा सद्भावको शहर, हरित नगर, रिंङरोड सहितको सडक सञ्जाल र पुर्वाधार, सेवा र सुशासन तथा सामाजिक न्याय सहितको रुपान्तरणलाई समावेश गरिएको छ ।


संकल्प पत्रमा शिक्षा, स्वास्थ्य, कृषि, स्रोत तथा वित्तीय व्यवस्थापन, उद्यमशीलता र रोजगारी, सामाजिक सुरक्षा ः कोखदेखि शोकसम्म, पर्यटन, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण, फोहरमैला व्यवस्थापन तथा सरसफाई, विपद व्यवस्थापन, सामाजिक न्याय र समावेशीता, भाषा, साहित्य, कला र संस्कृति, खेलकुद र सूचना तथा सञ्चारलाई समेटिएको छ ।

यस्तै नेपालगञ्जलाई शैक्षिक हवका रुपमा विकास गर्न आवश्यक सहजीकरण गर्ने र सिकाई केन्द्र स्थापना गरी विषयगत शिक्षकहरुको त्रैमासिक भेला आयोजना गर्ने, आधारभूत स्वास्थ्य सेवा, आयुर्वेद र वैकल्पिक चिकित्सा, मानसिक स्वास्थ्य लगायत निरोधात्मक, प्रवद्र्धधनात्मक, उपचारात्मक र पुनस्र्थापनात्मक सेवालाई एकीकृत रुपमा सञ्चालन गर्न योजना बनाउने कुरालाई पनि जोड दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जानकीका २ माओवादी नेता एमालेमा

२१ बैशाख २०७९, बुधबार १६:२१
  जानकी (बाँके) : जानकी गाउँपालिका वडा नं। २ बेलभारका माओवादी नेताद्वय एमालेमा प्रबेश गरेका छन् । जानकी गाउँपालिका वडा नं २ को बेलभारमा आयोजित एमालेको घरदैलो कार्यक्रममा जानकी गाउँपालिका वडा नं २ वाट २०७४ सालमा भएको निर्वाचनमा निर्वाचित वडा सदस्यद्वय जयराम काँदु र दिलबाहारी कादु एमालेमा प्रबेश गरेका हुन् […]

सम्बन्धित