डुडुवाको कार्यपालिकामा एमाले–जसपा गठबन्धन विजयी

सदरलाइन संवाददाता १३ जेष्ठ २०७९, शुक्रबार १३:२५
 

डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउ कार्यपालिका निर्वाचन सम्पन्न भएको छ । डुडुवाका प्रमुख निर्वाचन अधिकृत फटिकराज मुडभरीले जारी गरेको अन्तिम मतपरिणम सहितको नतिजा अनुसार डुडुवामा एमाले र जसपाका ३÷३ जना गाउँ कार्यपालिका सदस्यमा विजयी भएका छन ।

दलित अल्पसंख्यक सदस्यमा एमालेका शिवकुमार जयसवाल जसपाका समशुद्दिन सल्मानी विजयी भएका छन । जयसवालले २४ मत र सल्मानीले २३ मत प्राप्त गरेका थिए र उनीहरुका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिपराज लोनियाले ८ र धर्मपाल चमारले ९ मत प्राप्त गरेका थिए ।


यसैगरी गाउकार्यपालिका सदस्य महिलामा एमालेकी जयन्ती महावत २४, लीला सुनार २४, जसपाकी छवरानी यादव २४ र सकिना बेगम २४ मत प्राप्त गरी विजयी भएका छन । उनीहरुको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रुेसका कनिकतारा पासिनले ८ र शुष्मा यादवले ८ मत प्राप्त गरेको डुडुवाको मुख्य निर्वाचन अधिकृत मुडभरीले जनाएका छन ।

डुडुवा गाउपालिकामा नेपाली काँग्रेसले अध्यक्ष उपाध्यक्ष र एक वडा जितेको छ । जसपाले ३ वडा र एमालेले २ वडामा जित हासिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषधसहित कैलालीमा ३ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार १३:२५
कैलाली : लम्कीचुहा नगरपालिका–१ लम्की बस पार्कबाट करिब ७ सय मिलिग्राम अवैध लागुऔषध खैरो हेरोईन र नगद ३८ हजार १ सय रूपैयाँसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २८ वर्षीय भुपेश थापा, २४ वर्षीय धनबिर चौधरी र जानकी गाउँपालिका–९ बस्ने २८ वर्षीय महेन्द्र रावल […]