भारतमा नक्कली मदिरा खाएर १३ जनाको मृत्यु

सदरलाइन संवाददाता १२ जेष्ठ २०७९, बिहीबार १८:१०
 

काठमाण्डौ : भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण १३ जनाको मृत्यु भएको छ । विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । उक्त घटना दक्षिण बिहारको औरङ्गाबाद र गया जिल्लामा भएको बताइएको हो ।

बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले रक्सीको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएपछि विगत धेरै वर्षदेखि सुक्खा राज्यु को रूपमा चर्चा गरिने गरिएको छ ।


तर छिमेकी राज्यबाट खरिद गरी बिहारमा गोप्य रूपमा बिक्री गर्ने मदिरा माफियाको संलगनता रहेको अवैध मदिराको कारोबार राज्यमा भइरहेको । मदनपुर र सलैया प्रहरी चौकीका प्रहरीले फोनमा घटनाको अनुसन्धान भइरहेको बताए पनि अहिलेसम्म मृत्यु हुनेको एकिन संख्या भने बताउन अस्वीकार गरेका छन ।

धेरै जसो पीडितहरूले बान्ता हुने, पेट दुख्ने र कम देख्ने अनुभव गरेको बताइएको छ । छिमेकी राज्य झारखण्डबाट ल्याइएको मदिरा मदनपुर, सलैया र गया जिल्लाको आमस क्षेत्रमा विक्री गरिएकोु, जी न्युजले उल्लेख गरेको छ । यसैबीच भारतको राष्ट्रिय मानव अधिकार आयोगले बिहारमा भएको सो घटनाबारे सरकारलाई नोटिस पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘बिजय विक्रम शाहको कैद भुक्तानी गर्न लगाएर भाईको हत्या गरियो’

१२ जेष्ठ २०७९, बिहीबार १८:१०
नेपालगञ्ज :  नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २ घरवारीटोलका २० बर्षिय सुन्दर हरिजनको रोल्पा कारागारमा शंकास्पद मृत्युको घटनालाई निष्पक्ष छानबिन गरी न्याय दिलाउन पीडितका दाजुले माग गरेका छन् । मोबाईल चोरीको आरोपमा १० हजार धरौटी जम्मा गर्न नसकेको कारण थुनामा रहेका हरिजनको रोल्पा कारागारमा गतजेष्ठ ५ गते भुण्डिएर आत्महत्या गरेको भन्दै […]