भेरी अस्पतालमा भगवान बुद्धको मूर्ति स्थापना

सदरलाइन संवाददाता १७ पुष २०८०, मंगलवार १८:२४
 

नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालको प्राङ्गणमा भगवान बुद्धको मूर्ति स्थापना गरिएको छ । अस्पतालको नवनिर्मित ओपिडी भवनसँगै शान्तिका अग्रदूत भगवान बुद्धको मूर्ति स्थापना गरिएको छ ।

यशोधरा बौद्ध महिला समाज र शाक्य समाजलको पहलमा स्थापना गरिएको भगवान बुद्धको मूर्तिको मङ्गलबार बौद्ध परम्परा अनुसार विधिवत् स्थापना भएको हो ।

यशोधरा बौद्ध महिला समाजका अध्यक्ष यशोधरा गुरुमा, शाक्य समाजका अगुवा सेम शाक्य लगायतको उपस्थितिमा बौद्ध मूर्तिको विधिवत् स्थापना गरिएको हो । शाक्य समाजका अध्यक्ष सेम शाक्यले अस्पताल विकास समितिको समन्वयमा भगवान बुद्धको मूर्ति राखिएको बताए ।


शाक्यले भने, ‘‘अस्पताल परिसरमा शान्तिका अग्रदूत भगवान बुद्धको मूर्ति भएपछि बिरामी, कुरुवा तथा चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीमा पनि शान्तिको वातावरण हुने अपेक्षा गरेका छौं ।’’

अस्पतालभित्र उपचारका लागि प्रवेश गर्नुभन्दा अगाडि शान्तिका अग्रदूत भगवान बुद्धको दर्शन गरी मनमा शान्तिको अनुभूति हुने उनको भनाइ छ । ललितपुरका अमिरमान शाक्यले यो मूर्ति उपलब्ध गराएका हुन् ।

अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले भगवान बुद्ध धार्मिक हिसाबले मात्रै नभई शान्तिका अग्रदूत भई नेपालको नाम विश्वमा चिनाउन सफल भएकाले अस्पताल परिसरमा उनको मूर्ति राख्न सहमति दिइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लक्ष्मी माध्यामिक विद्यालयको ६४ औं वार्षिक उत्सव : ‘गुणस्तरीय शिक्षा राप्तीसोनारीको प्राथमिकता ’

१७ पुष २०८०, मंगलवार १८:२४
राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले गुणस्तरीय शिक्षा पालिकाको प्राथमिकता भएको बताएका छन् । मंगलबार राप्तीसोनारी गाउँपालिका–२ मदुइस्थित लक्ष्मी माध्यामिक विद्यालयको ६४ औं वार्षिक उत्सव तथा अभिभावक भेलालाई सम्वोधन गर्दै उनले प्रतिस्पर्धीको युगमा गुणस्तरीय शिक्षाको विकल्प नभएको भन्दै ‘गुणस्तरीय शिक्षा राप्तीसोनारीको प्राथमिकता ’ भएको उल्लेख गरे । […]