बर्तमान सरकार राष्ट्रिय जनजिबिकामा गम्भीर छैन : एमाले सचिव ज्ञवाली

लक्ष्मी तिमिल्सेना २९ श्रावण २०७८, शुक्रबार १९:४७
 


नेपालगञ्ज : नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले बर्तमान सरकार राष्ट्रियता, लोकतन्त्र र जनताको जनजिविकाका सवालमा गम्भिर नरहेको दावी गरेका छन्  । प्रेस चातारी बाँकेले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन ।

उनले बर्तमान सरकार अवसरवादी र स्वार्थ समुहसंग मिलेर बनेको भन्दै ज्ञवालीले यो सरकार संविधान विरोधी, सुकुम्बासी विरोधी र गरिबमारा भएको आरोप समेत लगाउदै भने–‘भुमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्नु बर्तमान सरकार गरिबमारा भएको दह्रो प्रमाण हो ।’ उनले महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनामा सरकारका तर्फबाट औपचारिक रुपमा पत्र समेत पठाउन नसक्नुले यो सरकारको राष्ट्रियता माथि पनि चुक्क गर्नु नसक्ने आरोप लगाए ।

‘आयोगमा रहेका व्यक्ति मन नपरेको खण्डमा व्यक्ति परिवर्तनको वैकल्पिक मार्ग हुंदाहुदै आयोग नै खारेज गर्नु नेपाली जनताका लागि न्यायसंगत होईन’– नेता ज्ञवालीले भने । बर्तमान सरकारको संविधानका विरुद्वको काम भएको समेत ठोकुवा गर्दै आफ्नो साझा कार्यक्रम मार्फत अधिकार प्राप्त स्थानीय सरकारलाई प्रदेश सरकार मातहतमा ल्याएर कमजोर बनाउन खोज्ने सरकारको कुनियत प्रति खेद प्रकट गर्दै ज्ञवालीले बर्तमान सरकार अल्पायुको भएको ठोकुवा गरे ।


फरक प्रसंगमा बोल्दै नेता ज्ञवालीले एमाले पार्टीको महाधिवेसन आउदो बैशाख भित्रै गरिसक्नु पर्ने जानकारी दिंदै पार्टी भित्रको आन्तरिक विवादलाई मिलाउन हरसम्भव प्रयास गरिरहेको बताए । उनले पार्टी एकताको प्रसंगमा हरेक पटक माधव नेपाल समूहले शर्तमाथि शर्त थपेर औचित्य सकेको उल्लेख गरे । उनले जनादेशबाट आएको सरकार परमादेशका कारण बाहिरिए पनि अर्को पटक फेरी जनादेशबाटै पहिलो पार्टीका रुपमा सरकारमा आउने दावि समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सहादत मस्जिद गुठीमा नयाँ नेतृत्व प्रकरण : ईत्तेहाद संगठनको ध्यानाकर्षण

२९ श्रावण २०७८, शुक्रबार १९:४७
नेपालगञ्ज : नेपालगञ्ज–१७ परस्पुरमा रहेको सहादत मस्जिद गुठीको नयाँ संञ्चालक समिति गठन प्रकृयाबारे नेपाल मुस्लिम ईत्तेहाद संगठन बाँकेले गम्भीर ध्यानकर्षण भएको जनाएको छ । नेपाल मुस्लिम ईत्तेहाद संगठन बाँकेका अध्यक्ष मो. उमर हल्वाई कवाडीले एक विज्ञप्ती जारी गर्दै नेपालगञ्ज–१७ का वडा अध्यक्ष अजय पाठकको रोहबरमा केही ब्यक्ति बोलाई राजनीतिक पूर्वाग्रह […]