सदरलाइनडटकम
१ चैत, नेपालगन्ज : बाँकेको डुडुवा गाँउपालिकाले वडासदस्यको पारिश्रमिकका लागि पहल गर्न सुरु गरेको जनाएको छ । प्रदेश सरकारले गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षको पारिश्रमिक दिने निर्णय गरेपछि वडासदस्यहरुले आफुहरुले पनि पारिश्रमिक पाउनुपर्ने भन्दै दवाव मुलक कार्यक्रम सुरु गरेका थिए ।
डुडुवा गाउँपालिका बाँकेले गाउँपालिकाका वडा सदस्य तथा कार्यपालिका सदस्यहरुको सेवा सुविधासहितको पारश्रमिकका लागि पहल गरेको जनाएको छ ।
गाउँ कार्यपालिकाको हालै बसेको बैठकले वडा सदस्यहरुको पारिश्रमिकका विषयमा केन्द्र र प्रदेश सरकारसंग माग गर्ने निर्णय गरेको हो । बैठकमा गाउँपालिकाका विकास निमार्णका योजनालाई अगाडि बढाउने निर्णय समेत गरेको छ । फाईल फोटो : नेपालगन्ज उप–महानगरका वडासदस्यहरु अन्दोलित हुँदै
गाउँपालिकाका योजनाहरु अब तिब्र गतिमा सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले दाबी गरे । बैठकमा गाउँपालिका विभिन्न योजना तथा कार्यक्रमका विषयमा समेत समिक्षा गरि छलफल गरिएको थियो ।