नरैनापुर अध्यक्षको आर्थिक सहयोगमा शल्यक्रिया

२९ असार २०७६, आईतवार १८:२९
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सम्पूर्ण उपचार खर्च ब्यहोरेपछि मटेहियाका पवनकुमार यादवको आँखाको शल्यक्रिया गरिएको छ । आर्थिक अभावका कारण बायाँ आँखाको ज्योति गुमाउने अवस्थामा पुगिसकेका नरैनापुर गाउँपालिका वडा नम्बर ५ मटेहियाका यादवको आँखाको शल्यक्रिया गर्न अध्यक्ष शाहले सबै खर्च व्यहोरेका हुन् ।
महेन्द्र मावि मटेहियामा कक्षा ९ मा अध्ययनरत यादवको आँखामा दुई बर्षअघि लागेको चोटका कारण दुई महिनादेखि उनले बायाँ आँखाले देख्न छोडेका थिए । आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि अध्यक्ष शाहले यादवलाई नेपालगञ्जस्थित भिजन आँखा अस्पतालमा उपचार गराएका थिए ।
अस्पतालका आँखा विशेषज्ञ प्रचण्ड गौतमको सल्लाहपछि यावदलाई भैरहवास्थित श्री रण अम्बिका शाह आँखा अस्पतालमा लगिएको यादवका बुवा रामनरेश यादवले बताए । अध्यक्ष शाहको सहयोगले आफ्नो छोरा आँखाको ज्योति गुमाउने अवस्थाबाट जोगिएको भन्दै रामनरेशले खुशी व्यक्त गरे । रामनरेशका अनुसार पवनको उपचारका क्रममा लागेको ५० हजार रुपैयाँ अध्यक्ष शाहले ब्यहोरेका थिए ।

Next Post

नेपालगञ्ज उपमहानगर पूर्ण खोपयुक्त घोषणा

२९ असार २०७६, आईतवार १८:२९
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरलाई आईतबार पूर्ण खोपयुक्त उप–महानगरको रुपमा घोषणा गरिएको छ । जन्मेदेखि १५ महिना उमेर समुहसम्मका सबै बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार सम्पुर्ण खोप लिएको पाईएपछि घोषणा गरिएको हो । जिल्ला समन्वय समिति बाँकेका संयोजक तथा जिल्ला खोप कार्यक्रमका अध्यक्ष समेत रहेका अजय कुमार श्रीबास्तवले नेपालगञ्ज उपमहानगरलाई […]