लागुऔषध मुद्दामा फरार थारु पक्राउ

सदरलाइन संवाददाता १२ जेष्ठ २०७९, बिहीबार १८:०५
 

बर्दिया : बर्दियामा लागुऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । बाँसगढी नगरपालिका ५ बस्ने विकास थारुलाई ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

थारुलाई लागुऔषध मुद्दामा बाँके जिल्ला अदालतले ४ महिना १० दिन कैद सजाय र बर्दिया जिल्ला अदालतले ६ महिना २१ दिन कैद र ५००० जरिवाना तोकेको थियो । उक्त सजाय पाएका थारु हालसम्म फरार रहँदै आएका थिए ।


उनलाई बर्दिया जिल्ला अदालत गुलरियामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा नक्कली मदिरा खाएर १३ जनाको मृत्यु

१२ जेष्ठ २०७९, बिहीबार १८:०५
काठमाण्डौ : भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण १३ जनाको मृत्यु भएको छ । विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । उक्त घटना दक्षिण बिहारको औरङ्गाबाद र गया जिल्लामा भएको बताइएको हो । बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले रक्सीको बिक्री र उपभोगमा […]

सम्बन्धित