ट्रक भित्रै बालिका बलात्कार गर्ने चालक र सह–चालक पक्राउ

सदरलाइन संवाददाता ३० भाद्र २०७८, बुधबार १३:५०
 

काठमाण्डौ : १३ वर्षीया बालिकालाई ट्रकभित्रै जबरजस्ती करणी गर्ने चालक र सह–चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा जिल्ला हल्दीबारी गाउपालिका–५ बस्ने ३२ वर्षिय चालक हर्क बहादुर विश्वकर्मा र सह–चालक मोरङ जिल्ला उर्लाबारी नगरपालिका–१ बस्ने बर्ष १८ का निदिप धिमाल रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

उनीहरुले यहि भदौ २६ गते राती १२ः३० बजेतिर भक्तपुर नगरपालिका–१ श्रृजनानगर स्थित सडकमा पूर्व तर्फ जान भनी गाडी कुरिरहेकी बालिकालाई गन्तव्यसम्म पुर्याइदिने भनी गाडिमा राखेर ल्याएका थिए ।


रातको करिब १ः३० बजे काभ्रेको बनेपा नगरपालिका–१२ साझा पेट्रोल पम्प अगाडि गाडी रोकेर गाडी भित्रै चालक र सह–चालकले बालिकालाई जबरजस्ती करणी गरेका थिए ।

त्यसपश्चात बालिकालाई त्यही छाडेर उनिहरु फरार रहेका थिए । अनुसन्धानको क्रममा मंगलबार धुलिखेलबाट ट्रकसहित चालक र सह–चालकलाई नियन्त्रणमा लिइएको डिएसपी खतिवडाले बताए ।

जिल्ला अदालत काभ्रेबाट म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाघ समात्न बाँके राष्ट्रिय निकुञ्जले थाप्यो आहार

३० भाद्र २०७८, बुधबार १३:५०
नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाएको बाघलाई नियन्त्रण गर्न विभिन्न उपाय लगाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघलाई नियन्त्रणका लागि ठाउँ–ठाउँमा आहारा राखेको जानकारी दिए । आहार खान आउँदा बाघलाई नियन्त्रण गर्ने रणनीति बनाइएको शाहले बताए । बाघ बस्तीको छेउछाउमै आइरहेकाले बाघलाई नियन्त्रण गर्ने निष्कर्षमा निकुञ्ज […]

सम्बन्धित